• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

विप्लवका कारण वालुवाटारमा भुकम्प : चुनाब अगावै बन्दी रिहाई गर्ने देउवा सरकारको तयारी

सुदूर लाइभ ✍️ सुदूर लाइभ
बैशाख ३, २०७९
0
विप्लवका कारण वालुवाटारमा भुकम्प : चुनाब अगावै बन्दी रिहाई गर्ने देउवा सरकारको तयारी
विज्ञापन


काठमाडौं : सरकारले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई स्थानीय तहको निर्वाचन अघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुने आश्वासन दिएको छ । प्रतिबन्धको अवधिमा पक्राउ गरी बन्दी बनाएका नेता कार्यकर्ता र मुद्दा फिर्ता गरेर चुनावमा जाने वातावरण बनाउने बताएको हो ।

विज्ञापन

विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा,सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला लगायत नेताहरुले सत्तापक्षका नेताहरुलाई बन्दी रिहा र मुद्दा फिर्ता लिन आग्रह गर्दै आएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा,गृह मन्त्री बालकृष्ण खाँडसहित सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुलाई भेटेर दबाब दिइरहेका छन् ।

प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले स्थानीय निर्वाचन अघि बन्दी रिहा र मुद्दा फिर्ता लिने आश्वासन दिने गरेको सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले बताए।

‘महासचिव विप्लव सहित पार्टीका नेताहरुले प्रधानमन्त्री सहित सत्तारुढ दलका नेताहरुलाई बारम्बार भेटिरहेका छौँ । तीन बुँदे सहमतिको कार्यन्वयनको ध्यानाकषर्ण गराएका छौँ’ बास्तोलाले भने,‘स्थानीय चुनाव अघि तपाईँहरुका नेता कार्यकर्ता छोड्छौ । मुद्दा फिर्ता लिन्छौ भन्नु भएको छ । हेरौं के गर्नुहुन्छ?’ अहिले विप्लव नेतृत्वको नेकपाका एक सय भन्दा बढी नेता कार्यकर्ता बन्दी हुनुका साथै उत्तिकै मात्रामा राजनीतिक मुद्धा छन् । ती सबै प्रक्रिया भएमा स्थानीय चुनावमा भाग लिन सहज हुने उनीहरुको बुझाई छ ।

स्थानीय निर्वाचनका विषयमा समेत गत शुक्रबार नेकपा सचिवालय बैठकमा छलफल भएको छ । बैठकमा विप्लवले बन्दी रिहा र मुद्दा फिर्ताका विषयमा भईरहेको पहलका विषयमा बैठकलाई जानकारी दिएका थिए । अन्नपुर्ण टाइम्सबाट

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

बैतडीको दशरथचन्द नगरपालिकाको बसमा भेटियो २८ बण्डल अवैध बिडी
Uncategorized

बैतडीको दशरथचन्द नगरपालिकाको बसमा भेटियो २८ बण्डल अवैध बिडी

साउन १७, २०८३
अछामकाे ढकारी गाउँपालिकामा राजेश हमालकाे नाममा १२ लाख भ्रष्टाचार
Uncategorized

अछामकाे ढकारी गाउँपालिकामा राजेश हमालकाे नाममा १२ लाख भ्रष्टाचार

चैत्र ५, २०८२
बैतडीमा जिप खस्यो, ४ जना घाइते‌, एकको अवस्था गम्भिर
Uncategorized

बैतडीमा जिप दुर्घटना हुदाँ २६ बर्षिया चालक केशवसिंह अस्ताए

फाल्गुन १०, २०८२
डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने
Uncategorized

डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने

पुस ८, २०८२
डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने
Uncategorized

डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने

पुस ८, २०८२
पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन
Uncategorized

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन

चैत्र १६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग