बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले सञ्चालन गरेको नगरबसबाट २८ बण्डल अवैध बिडी बरामद भएको छ। झुलाघाटबाट सतबाँझतर्फ आउँदै गरेको बसलाई गोठलापानीमा प्रहरीले विशेष सूचनाका आधारमा जाँच गर्दा बेवारिसे अवस्थामा बिडी फेला परेको हो।
भारतबाट भन्सार छली गरी ल्याइएको आशंकामा बरामद बिडी आवश्यक प्रक्रिया पूरा गरी महाकाली भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ। नगर बस भने छाडिएको बैतडी प्रहरीले जनाएको छ।










