• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

सुदूर लाइभ ✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0
दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
विज्ञापन

दाचुला, कात्तिक २ । दार्चुलाको अपि हिमाल गाउँपालिकामा ‘अपि हिमाल पर्यटन उत्सव’ हुने भएको छ । गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीन दिने उत्सवको आयोजना गर्ने भएको छ।

पर्यटन गतिविधि बढाउँदै स्थानीयको रोजगारी तथा आय आर्जनको अवसर सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो।

उहाँका अनुसार चालु आवको नीति तथा कार्यक्रमको उद्देश्य पूरा गर्नेगरी उत्सव सञ्चालन गर्न लागिएको हो । उत्सव अपि हिमाल गाउँपालिका –१ स्थित अपि हिमाल बेसक्याम्पको पिलकन्दमा आयोजना गरिने छ । उत्सवसँग सम्बन्धित अन्य गतिविधि गाउँपालिकाको विभिन्न क्षेत्रमा समेत सञ्चालन गरिने उहाँले बताउनुभयो । एकीकृत पर्यटन उत्सव भएकाले गाउँपालिकाको सबै क्षेत्र लाभान्वित हुने अपेक्षा गरिएको उहाँको भनाइ छ।

नेपाल सरकार र अपि हिमाल गाउँपालिकाको साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजनामार्फत अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्धन गरिदैआएको छ । अपि हिमाल बेसक्याम्पको पर्यटन प्रवर्धन तथा पर्यटकीय गतिविधि विस्तारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

उत्सव व्यवस्थित रूपमा सञ्चालन गर्न गाउँपालिका अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा गाउँपालिका उपाध्यक्ष, सबै वडाका वडाध्यक्षलगायत सदस्य रहने तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सदस्य सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ ।

पर्यटन गन्तव्य बनाउने लक्ष्य

प्राकृतिक सौन्दर्यले भरिएको अपि हिमाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । ग्रामीण पर्यटनको विकासमा योगदान पु¥याएको भन्दै सरकारले समेत सम्मान गरेको अध्यक्ष बोहराले बताउनभयो ।

पर्यटन पूर्वाधार निर्माण र पदमार्ग विस्तारलाई प्राथमिकता दिँदै अपि हिमाललाई सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ।

अध्यक्ष ठेकरे बोहराका अनुसार पछिल्लो समय वार्षिक पाँच हजारभन्दा बढी पर्यटक अपि हिमाल पुग्ने गरेका छन् । यो वर्षभित्र पर्यटकको संख्या १० हजार पु¥याउने लक्ष्य गाउँपालिकाले लिएको उहाँले बताउनुभयो ।

अपिहिमाल गाउँपालिका सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यभित्र समेत परेको छ। पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा अपि हिमालको तस्बिर सार्वजनिक गरेपछि यसको पर्यटन प्रवर्धनमा थप सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ।

‘अबको प्राथमिकता निर्माण भएका पूर्वाधारलाई दिगो बनाउँदै रोजगारी र आयआर्जनसँग जोड्ने छ’ अध्यक्ष बोहराले भन्नुभयो, ‘गाउँपालिकालाई प्रविधिमैत्री, आत्मनिर्भर र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य छ।’

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस
सुदूरपश्चिम

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

कार्तिक ४, २०८३
क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल
सुदूरपश्चिम

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

कार्तिक ३, २०८३
भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ
फ्ल्यास

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

कार्तिक २, २०८३
चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी
सुदूरपश्चिम

चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी

अशोज २९, २०८३
गगन कांग्रेस डडेल्धुरा नेता साँउदको कम्पनी फेरि कालोसूचीमा, यसपटक ३ वर्षको प्रतिबन्ध!
सुदूरपश्चिम

गगन कांग्रेस डडेल्धुरा नेता साँउदको कम्पनी फेरि कालोसूचीमा, यसपटक ३ वर्षको प्रतिबन्ध!

अशोज २७, २०८३
अब गन्यापधुराले ६ करोड ५३ लाखको आधुनिक भवनबाट प्रशासकीय सेवा दिने
सुदूरपश्चिम

अब गन्यापधुराले ६ करोड ५३ लाखको आधुनिक भवनबाट प्रशासकीय सेवा दिने

अशोज २५, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

✍️ सुदूर लाइभ
कार्तिक २, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग