• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सुदूर लाइभ ✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0
सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस
विज्ञापन

डडेल्धुरा । सरकारी विद्यालयमा कार्यरत शिक्षक दमन महतामाथि कारबाहीका लागि राष्ट्रिय स्वतन्त्र पार्टी परशुराम नगर कमिटीले जिल्ला कमिटी डडेल्धुरालाई सिफारिस गरेको छ।

 

विज्ञापन

रास्वपाको सदस्यसमेत रहेका महतालाई शिक्षक पदमा रहेर पार्टीको राजनीतिमा सक्रिय भएको विषयमा प्रश्न उठेपछि दुईमध्ये एउटा जिम्मेवारी छाड्न सिफारिस गरिएको हो।

 

रास्वपाका एक नेताका अनुसार नगर कमिटीले महतालाई शिक्षक पदबाट राजीनामा दिएर राजनीतिमा आउन वा पार्टीको सदस्यताबाट राजीनामा दिन सिफारिस गरेको छ।

 

ती नेताले महताले अनलाइनमार्फत रास्वपाको सदस्यता लिएको बताए। समाचार तथा सामाजिक सञ्जालमा सरकारी शिक्षक भएर पार्टीको सदस्यता लिएको र राजनीतिक कार्यक्रममा सहभागी भएको विषयमा प्रश्न उठेपछि पार्टीले कारबाहीका लागि सिफारिस गरेको उनको भनाइ छ।

 

‘शिक्षक दमन महताले अनलाइनबाट हाम्रो पार्टीको सदस्यता लिएका रहेछन्। समाचार तथा सामाजिक सञ्जालमा उनको पार्टी सदस्यताबारे प्रश्न उठेपछि कारबाहीका लागि सिफारिस गरिएको हो,’ ती नेताले भने।

 

उनका अनुसार महताले मौखिक रूपमा राजीनामा दिएर आगामी निर्वाचनका लागि पार्टीको ‘क्यान्डिडेट क्लब’मा आउने बताएको जानकारीसमेत दिएका छन्। यद्यपि, उनले औपचारिक रूपमा कुन पदबाट राजीनामा दिने भन्ने विषयमा निर्णय गरिसकेका छन् वा छैनन् भन्ने स्पष्ट भइसकेको छैन।

 

यसअघि सुदूरलाइभले रास्वपा परशुराम नगर कमिटीको बैठकमा शिक्षक महताले राजनीतिक मन्तव्य राखेको अडियोसहितको समाचार प्रकाशित गरेको थियो। उक्त समाचारमा महता सरकारी विद्यालयमा कार्यरत रहँदै पार्टीको कार्यक्रममा सहभागी भएर भाषण गरेको विषय उठाइएको थियो।

 

समाचार प्रकाशित भएपछि शिक्षकको राजनीतिक आबद्धता र सरकारी सेवामा रहँदा दलगत राजनीतिमा सक्रिय हुन मिल्ने वा नमिल्ने विषयमा थप बहस सुरु भएको थियो। त्यसपछि रास्वपा परशुराम नगर कमिटीले महतामाथि कारबाहीका लागि जिल्ला कमिटीसमक्ष सिफारिस गरेको हो।

 

अब जिल्ला कमिटी डडेल्धुराले यस विषयमा के निर्णय गर्छ भन्ने चासो बढेको छ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
सुदूरपश्चिम

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कार्तिक ३, २०८३
क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल
सुदूरपश्चिम

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

कार्तिक ३, २०८३
भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ
फ्ल्यास

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

कार्तिक २, २०८३
चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी
सुदूरपश्चिम

चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी

अशोज २९, २०८३
गगन कांग्रेस डडेल्धुरा नेता साँउदको कम्पनी फेरि कालोसूचीमा, यसपटक ३ वर्षको प्रतिबन्ध!
सुदूरपश्चिम

गगन कांग्रेस डडेल्धुरा नेता साँउदको कम्पनी फेरि कालोसूचीमा, यसपटक ३ वर्षको प्रतिबन्ध!

अशोज २७, २०८३
अब गन्यापधुराले ६ करोड ५३ लाखको आधुनिक भवनबाट प्रशासकीय सेवा दिने
सुदूरपश्चिम

अब गन्यापधुराले ६ करोड ५३ लाखको आधुनिक भवनबाट प्रशासकीय सेवा दिने

अशोज २५, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

✍️ सुदूर लाइभ
कार्तिक २, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग