डडेल्धुरा । पाठेघरको मुखको क्यान्सरबाट पीडित गरिमा घिमिरेले थप उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। विगत दुई वर्षदेखि उपचार गराउँदै आएकी घिमिरेलाई आर्थिक अभावका कारण थप उपचार अघि बढाउन कठिन भएको हो।
घिमिरेले चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकी थिइन्। थप जाँच तथा उपचारका लागि उनलाई भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा रिफर गरिएको छ। चिकित्सकले क्यान्सर शरीरका अन्य भागमा समेत फैलिएको जानकारी दिएको उनले बताएकी छन्।
दुई साना सन्तानकी आमा रहेकी गरिमाले छोराछोरीलाई हुर्काउने र उनीहरूको भविष्यका लागि आफू बाँच्न चाहेको बताएकी छन्। उनको उपचारका लागि परिवारका सदस्य तथा आफन्तहरूले आफ्नो बचत खर्च गर्नुका साथै ऋणसमेत लिएका छन्। तर, अहिले परिवारको आर्थिक अवस्था कमजोर भएकाले थप उपचारको खर्च जुटाउन समस्या भएको छ।
उनले देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी तथा मनकारी व्यक्तिहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन्।
गरिमाको उपचारमा सहयोग गर्न चाहनेहरूले ९८२४६८२५८१ र ९९०२७६५३९१ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। नेपाल तथा भारतबाट सहयोग गर्न चाहनेहरूका लागि QR कोडसमेत उपलब्ध गराइएको छ।
आर्थिक सहयोग गर्न नसक्नेहरूले पनि यो अपिल सामाजिक सञ्जालमा शेयर गरी सहयोगी मनहरूसम्म पुर्याइदिन उनले अनुरोध गरेकी छन्।










