• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

भारतको इसारामा ओली सरकार ढल्दै

सुदूर लाइभ ✍️ सुदूर लाइभ
पुस १, २०८१
0
भारतको इसारामा ओली सरकार ढल्दै
विज्ञापन

दिल्ली: भारतीय प्रधानमन्त्रीका एकजना पूर्व निजी सुरक्षा अधिकारीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार एक महिनाभित्र ढल्ने दाबी गरेका छन्।

विज्ञापन

प्रधानमन्त्री नरेन्द्र मोदीको एकताका सुरक्षा गार्ड (एनएसजी) रहिसकेका लक्की बिष्टले नेपालमा सरकार ढल्न लागेकाे ठोकुवा गरेका हुन्। अन्तर्राष्ट्रिय एजेन्सीको लागि काम गर्दा ‘सूचना’ सबैभन्दा महङ्गो हुने जनाउँदै उनले नेपालको सरकार छिट्टै ढल्न लागेको सूचना आफूसँग रहेको जिकिर गरे।

‘आज डिसेम्बर १२ तारिख हो,हाम्रो लागि महत्वपूर्ण विषय भनेको गुप्त सूचना हुन्छ’, नवभारत टाइम्ससँगको अन्तर्वार्तामा सनसनीपूर्ण खुलासा गर्दै बिष्टले भनेका छन्, तपाईंलाई आश्चर्य लाग्न सक्छ, तर म एउटा खुलासा गर्दिन्छु कि नेपालको सरकार ढल्नेवाला छ।’

उनले आफ्नो दावीलाई नोट गरेर राख्न पटक -पटक आग्रहसमेत गरेका छन्। ‘१५ दिनदेखि एक महिनाभित्र नेपालको सरकार ढलेको समाचार पढ्न पाउनुहुनेछ,जुन सरकार तीन/चार महिनाअघि मात्र बनेको थियो। त्यतिबेला तपाईंलाई  लक्की बिष्टले भनेको कुरा याद आउनेछ,यो कुरा नोट गरेर राख्नुभए हुन्छ’,बिष्टले दावाका साथ भनेका छन्।

नेपालको सरकार बनाउने र ढाल्ने खेलमा भारतको प्रत्यक्ष संलग्नता रहने भाष्य बनिरहँदा ‘रअ’का पूर्वअधिकारीले मिति नै तोकेर यस्तो दावी गरेपछि यतिबेला राजनीतिक बृत्तमा अनेकौँ आशंका सिर्जना भएकाे छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै सरकार ढल्न सक्नेसम्मको चर्चा चलेको थियो।

प्रधानमन्त्री स्वयंले भने भारत भ्रमणको तयारी भइरहेको बताउँदै आएका छन्। केही दिनअघि झापाको एक कार्यक्रममा उनले भनेका थिए, ‘मान्छेहरुले पत्याएका छैनन् होला,तर म भारत पनि जान्छु,तयारी भइरहेको छ।’

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर
राजनीति

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर

अशोज १०, २०८३
देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी
राजनीति

देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी

अशोज ८, २०८३
कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित
चुनाव

कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित

अशोज ७, २०८३
साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’
राजनीति

साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’

अशोज २, २०८३
रास्वपा बैठकमै सरकारी शिक्षक महताको राजनीतिक भाषण, चौतर्फी विरोधसँगै कारबाहीको माग
राजनीति

रास्वपा बैठकमै सरकारी शिक्षक महताको राजनीतिक भाषण, चौतर्फी विरोधसँगै कारबाहीको माग

भदौ २०, २०८३
डडेल्धुराको खेल क्षेत्र चलायमान बनाउँछौँ : अध्यक्ष ऐर
राजनीति

राजनीतिलाई पेसा बनाएर जनतालाई झुक्याउनेविरुद्ध आगामी चुनाबमा युवा उम्मेदवार बन्नुपर्छ : जगत ऐर

भदौ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग