डडेल्धुरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डडेल्धुराको परशुराम नगर कार्यसमितिको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट खगेन्द्रबहादुर सिंहको सभापतित्वमा नयाँ नगर कार्यसमिति गठन गरिएको छ। सिंहलाई अधिबेसन बाट निर्बिरोध निर्बाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा लक्ष्मणप्रसाद भट्ट र पशुपति कुँवर, सचिवमा नरेन्द्रसिंह बोहरा तथा सहसचिवमा जगन्नाथ बोहरा चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा कविता धामी, पार्वती टमटा, हरजीत सुनार, अर्जुन बोहरा, भागरथी कार्की, अम्मर ठगुन्ना, दलबहादुर ऐर र जोगेन्द्र बोहरा चयन भएका छन्।










