काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले १५ औँ महाधिवेशनको उद्घाटन संयुक्त बनाउने प्रयास जारी रहेको बताएका छन्।
कांग्रेस डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र अधिवेशन उद्घाटन समारोहमा बोल्दै पार्टीको एउटै महाधिवेशन हुनसक्ने सम्भावना कमै रहेको बताए।
पूर्वसभापति शेरबहादुर देउवाको गृह जिल्लामा रहेका महरले भने, ‘हामीले ४० वर्षसम्म शेरबहादुर दाइलाई नेता मान्यौँ। ७ पटक निर्वाचन जितायौँ। उहाँले नै देखाएको बाटो चार तारे झन्डा र रुख चिन्ह थियो। त्यो कांग्रेसबाट हामी कहीँ गएका होइनौँ।’
उनले आफूहरू सहभागी भएको कांग्रेसलाई नै बलियो बनाउने बताए। उनले कांग्रेसको महाधिवेशन सशक्त ढङ्गबाट सम्पन्न गर्न पार्टीपंक्तिलाई आग्रह गरे। उनले आफूले डडेल्धुराको गरिमा र इतिहासलाई कायम राख्ने बाचा समेत व्यक्त गरे।










