• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’

२०७४ को स्थानीय निर्वाचनमा साँउदको राजनीतिक यात्रामा आफूले गरेको योगदान सम्झाउँदै ऐरले फेसबुक स्ट्याटसको निवेदनमार्फत पोखे असन्तुष्टि

सुदूर लाइभ ✍️ सुदूर लाइभ
अशोज २, २०८३
0
साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’
विज्ञापन

डडेल्धुरा । नेपाली कांग्रेसका पूर्व क्रियाशील सदस्य यादव ऐरले कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साँउदलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।

विज्ञापन

ऐरले २०७४ सालको स्थानीय निर्वाचनमा परशुराम नगरपालिकाका विभिन्न वडामा कांग्रेसलाई जिताउन दिनरात खटिएको स्मरण गरेका छन्। साँउदको राजनीतिक यात्रालाई आफ्नो यात्राजस्तै ठानेर समय, श्रम र विश्वास लगानी गरेको उनको भनाइ छ।

तर, सहयोग गरेबापत आफूले क्रियाशील सदस्यता रद्द भएको ‘पुरस्कार’ पाएको भन्दै ऐरले साँउदप्रति व्यंग्य गरेका छन्।

उनले राजनीतिमा आज साथमा रहेका व्यक्ति भोलि टाढिन सक्ने भन्दै विगतका अनुभवबाट सिकेर सबैलाई समेटेर अघि बढ्न साँउदलाई सुझावसमेत दिएका छन्।

ऐरले आफ्नो सामाजिक सञ्जाल स्ट्याटसमार्फत साँउदको आगामी राजनीतिक यात्राको सफलताको शुभकामना पनि व्यक्त गरेका छन्।

यस्तो छ यादव ऐरको फेसबुक स्ट्याटसको निबेदन: 

श्रीमान् जिल्ला सभापतिज्यू,

नेपाली कांग्रेस, डडेल्धुरा।

विषय: राजनीतिक यात्रा र विगतको सम्झनासहित केही शब्द।

सभापतिज्यू,

तपाईंलाई आदर्श मानेर मैले २०७४ सालको स्थानीय निर्वाचनमा परशुराम नगरपालिकाका प्रत्येक वडामा दिन–रात नभनी, अप्ठ्यारो–सजिलो नभनी, भोक–प्यासको प्रवाह नगरी नेपाली कांग्रेसलाई जिताउन आफ्नो ठाउँबाट निरन्तर खटिएको कुरा आज पनि सम्झन्छु। तपाईंको नेतृत्व, व्यक्तित्व र राजनीतिक क्षमताको मैले हरेक क्षण प्रशंसा गरेँ र तपाईंको राजनीतिक यात्रालाई आफ्नो यात्राजस्तै ठानेँ।

त्यसपछि तपाईं परशुराम नगरपालिकाको मेयर बन्नुभयो, राजनीतिक उचाइ हासिल गर्दै नेपाली कांग्रेस डडेल्धुराको जिल्ला सभापतिसम्म बन्नुभयो। तपाईंको राजनीतिक सफलता देख्दा विगतमा तपाईंलाई विश्वास गरेर गरेको मेहनत सम्झिनु स्वाभाविक नै हो।

तर विडम्बना, तपाईंलाई सहयोग गरेर तपाईंको राजनीतिक यात्रामा आफ्नो समय, श्रम र विश्वास लगानी गरेबापत मैले आफ्नो क्रियाशील सदस्यता रद्द भएर पुरस्कार पाएँ। त्यसका लागि पनि तपाईंलाई धन्यवाद भन्न चाहन्छु। किनकि यसले राजनीति र राजनीतिक सम्बन्धबारे धेरै कुरा सिकाएको छ।

आज तपाईंको वरिपरि जसरी मानिसहरू घुमिरहेका छन्, उनीहरू सबै अनन्तकालसम्म तपाईंसँगै रहिरहून्—यही शुभकामना छ। इतिहासले कहिलेकाहीँ मानिसलाई उसको विगतका सम्बन्ध र व्यवहारसँग पनि जोडेर हेर्छ। त्यसैले, शेरबहादुर देउवालाई छोडेजस्तै तपाईंलाई पनि कुनै दिन आफ्नै वरिपरिका मानिसहरूले छोड्ने अवस्था नआओस् भन्ने मेरो सद्भावपूर्ण कामना छ।

राजनीतिमा उतार–चढाव स्वाभाविक हुन्छ। आज साथमा हुनेहरू भोलि नहुन सक्छन् र आज टाढा हुनेहरू भोलि नजिकिन सक्छन्। त्यसैले आगामी राजनीतिक यात्रामा तपाईंले विगतका अनुभवबाट सिक्दै सबैलाई समेटेर अगाडि बढ्न सक्नुहोस्।

तपाईंको राजनीतिक जीवन सफल, सम्मानित र दीर्घ रहोस्।

हार्दिक शुभकामना।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर
राजनीति

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर

अशोज १०, २०८३
देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी
राजनीति

देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी

अशोज ८, २०८३
कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित
चुनाव

कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित

अशोज ७, २०८३
रास्वपा बैठकमै सरकारी शिक्षक महताको राजनीतिक भाषण, चौतर्फी विरोधसँगै कारबाहीको माग
राजनीति

रास्वपा बैठकमै सरकारी शिक्षक महताको राजनीतिक भाषण, चौतर्फी विरोधसँगै कारबाहीको माग

भदौ २०, २०८३
डडेल्धुराको खेल क्षेत्र चलायमान बनाउँछौँ : अध्यक्ष ऐर
राजनीति

राजनीतिलाई पेसा बनाएर जनतालाई झुक्याउनेविरुद्ध आगामी चुनाबमा युवा उम्मेदवार बन्नुपर्छ : जगत ऐर

भदौ १९, २०८३
भोगाइको महाशृङ्खला : द्वन्द्व, भूकम्पदेखि महाप्रलय सम्म
विचार/ब्लग

भोगाइको महाशृङ्खला : द्वन्द्व, भूकम्पदेखि महाप्रलय सम्म

भदौ १४, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

✍️ सुदूर लाइभ
कार्तिक २, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग