भाद्र २०, डडेल्धुरा । सरकारी विद्यालयमा कार्यरत शिक्षक दमन महता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यक्रममा भाषण गरिरहेको अडियो सार्वजनिक भएको छ।
परशुराम नगरपालिका-७, साँदनी स्थित शिवशंकर माध्यमिक विद्यालयमा २०८१ जेठ ८ गते नेपाल सरकारको प्रावितह करार नियुक्ति लिएका उनि अहिले रास्वपाको सक्रिय राजनितिमा रहेका छन् । उता विद्यालयमा पनि हाजिर गरेकै छन्।
रास्वपा परशुराम नगरपालिका नगरकमिटीको बैठकमा यही भाद्र १५ गते उनले सहभागी भई मन्तव्य राखेका हुन् ।उनले पार्टीको सदस्यता समेत लिइसकेको स्रोतको दावि छ।
शिक्षक महताको सदस्यता :
सरकारी शिक्षक भएर पार्टीको सदस्यता लिँदै राजनीतिक कार्यक्रममा सहभागी भएर भाषण गरेको विषय अहिले चर्चामा आएको छ। उनको यो शैलीलाई लिएर चौतर्फी प्रश्न उठेका छन्। सरकारी शिक्षकलाई दलीय राजनीतिबाट टाढा राख्ने कानुनी व्यवस्थाबीच पार्टीकै कार्यक्रममा खुलेर राजनीतिक भाषण गर्नु आचारसंहिता र पेशागत मर्यादाविपरीत भएको भन्दै सामाजिक सञ्जालमा कारबाहीको मागसमेत उठ्न थालेको छ।
यस बिषयमा महतासँग प्रतिक्रिया लिदाँ उनले कार्यक्रममा मन्तव्य मात्रै राखेको र उक्त कुरालाई विवादमा नल्याइदिन आग्रह गरेका छन् ।
विद्यालय र विश्वविद्यालयहरूलाई दलीय राजनीतिको अखडा बनाउनुहुन्न र शिक्षक–प्राध्यापकहरूले दलगत राजनीति गर्नुहुँदैन भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट र अडिग नीति रहेको बताईदै आएको छ। रास्वपाले आफ्नो चुनावी बाचापत्र र नीतिहरूमा शिक्षकहरूको राजनीतिक आबद्धतालाई पूर्ण रूपमा निषेध गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।
उनि परशुराम नगरपालिकाका उपप्रमुख बिमला कुमारी महताका श्रींमान् उमेत हुन् ।
यस्तो छन उनको भाषणको अडीयो :
https://www.facebook.com/share/v/1EyUsmXASU/










