• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

सिद्धान्त नमिलेर छुट्टिएका प्रचण्ड-विप्लवलाई जोड्दैछ स्वार्थले

सुदूर लाइभ ✍️ सुदूर लाइभ
असार ३१, २०८०
0
सिद्धान्त नमिलेर छुट्टिएका प्रचण्ड-विप्लवलाई जोड्दैछ स्वार्थले

File photo

विज्ञापन

काठ्माण्डौ :

विज्ञापन

गत जेठ १९ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता विमर्श सीले पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ माछा मार्न जाल बोकेर कपिलवस्तुको शिवगढीमा रहेको एउटा पोखरीमा पसेको भिडिओ फेसबुकमा पोष्ट गरे।

काठमाडौंमा त्यो भिडिओ हेरेपछि एक विद्यार्थी नेताले कमेन्ट गरे, ‘आजकल विप्लव दाइको जालमा माछा पर्न छोडेछ!’

झट्ट सुन्दा उनको टिप्पणी सामान्य लागे पनि त्यसको अन्तर्यमा भव्य व्यंग्य लुकेको छ। उनीहरूकै भाषामा क्रान्ति असफल भयो भन्दै मूलधारको राजनीति छोडेर गाउँ छिरेका विप्लवबिना कुनै उपलब्धी फेरि आफूले छाडेका राजनीतिक दलका नेताहरूको शहरस्थित घर-घरमा धाउन थाल्नुको पृष्ठभूमि उनले थापेको राजनीतिक जालमा माछा नपर्नु नै हो भन्ने टिप्पणी उनकै पार्टीभित्र पनि छ।

गत वर्ष वैशाखमा भएको स्थानीय निर्वाचनमा आफ्नो राजनीतिक शक्ति परीक्षण गर्न नेताहरूलाई उम्मेदवार उठाएको नेकपाले चुनावमा अपेक्षित परिणाम हासिल गर्न नसकेपछि विद्रोहको राजनीतिलाई सेफ ल्यान्डिङ गर्न खोजिरहेको थियो। त्यही पृष्ठभूमिको परिणामस्वरूप समाजवादी मोर्चामा आवद्ध भएका हुन्, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’। तर  मोर्चाको सदस्य दलको हैसियतमा रहनुमात्रैमा उनको मुकाम निर्धारण हुँदैन।

समाजवादी मोर्चामा आवद्ध हुन चन्दले आफ्ना पुराना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहारा लिएका छन् भने प्रचण्ड स्वयंले विप्लवको गुणगान गाउन थालेका छन्।

प्रचण्डसँग गम्भीर असहमतिसहित छुट्टिएका विप्लव विद्रोही राजनीतिको एउटा घुम्ती सकेर फेरि उनै प्रचण्ड सही हुन् भन्ने विन्दुमा आइपुग्दा माओवादीको राजनीतिक हैसियत झन् खुम्चिएको छ।

छुट्ने-जुट्ने नेपाली कम्युनिष्टको आम चरित्रबाट टाढा हुन नसकेका यी नेताद्वयको सम्बन्ध कहिले निकट र कहिले बिकट भइरह्यो। अहिले सिंगो माओवादी पंक्तिमा हलचल आउनेगरी अपर्झट नजिएका प्रचण्ड र विप्लवको चिनजान र मित्रताको याम झन्डै ३५ वर्ष पुगेको छ।

पार्टी राजनीतिको एउटा भंगालोमा पुगेपछि छुट्टाछुट्टै धार समाएका विप्लव र प्रचण्डलाई जोड्ने कसीका रूपमा उत्तिकै सक्रिय छन्, माओवादी नेता कृष्णबहादुर महरा। यसमा महराको आफ्नै अभिष्ट छ।

विप्लवका अनुसार प्रचण्ड र उनको भेट २०४५ सालमा काठमाडौंमा भएको थियो। भेटघाटको सिलसिला पार्टीलाई कसरी सुगठित र संगठित बनाउने भन्ने नै थियो। त्यसपछि प्रचण्डले जुन-जुन पार्टी र समूहको नेतृत्व गरे, विप्लवले २०६९ सालसम्म त्यही-त्यही पार्टी बलियो बनाउन काम गरिरहे। विप्लवको ट्र्याक रेकर्ड पनि राज्य सत्ताभन्दा पार्टी सत्तामै बलियो हुन रूचाउने खालको देखिन्छ।

‘त्यतिबेला पञ्चायत कसरी ढाल्ने भन्ने बहस थियो, जोडतोडले जानुपर्छ भन्ने भयो,’ प्रचण्डसँगको सम्बन्ध स्मरण गर्दै विप्लव भन्छन्, ‘०६४ को बालाजु बैठकपछि भने स्पष्ट रूपमै अन्तरविरोध देखियो। त्यतिखेर संविधान सभा चुनावमा जानुपर्छ र जानु हुँदैन भन्नेमा ठूलो विवाद भयो र पहिलो पटक असहमति लेखियो। त्यसपछि त असहमतिको श्रृंखला नै सुरू भयो।’

२०६४ लाई विप्लव र प्रचण्डबीचको असहमतिको पानीढलो मान्ने हो भने २०८० साललाई सम्बन्धको संगम भन्नुपर्ने हुन्छ।

उसो त माओवादी पार्टीभित्र रहँदा प्रचण्डको आँखामा विप्लव जहिले पनि होनाहार र जेहन्दार योद्धा हुन्।

२०५५ को भदौमा माओवादीको चौथो विस्तारित बैठक बसेको थियो। त्यो बैठकमा माओवादी अध्यक्ष प्रचण्डले रवीन्द्र श्रेष्ठ, मणि थापा र वर्षमान पुनलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव लगेका थिए। त्यसबेला माओवादीको केन्द्रीय कमिटी १९ सदस्यीयमात्रै थियो। पार्टीको कर्णाली इन्चार्ज रहेका विप्लवले आफ्नो आधार क्षेत्रमा ‘कर्णाली हातेमालो’ भन्ने अभियान चलाएका थिए। विप्लवको ‘कर्णाली हातेमालो’बारे रिपोर्ट सुनेपछि प्रचण्ड प्रभावित भए र उनलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव ल्याए।

‘विप्लवजीले प्रचण्डजीको नजरमा क्षमतावान्, क्रियाशील र साहसी योद्धाको रूपमा जिम्मेवारी पाउँदै जानुभयो,’ अहिले क्रान्तिकारी कम्युनिष्ट पार्टीमा आवद्ध माओवादीका पुराना नेता गुणराज लोहनी सम्झिन्छन्।

माओवादी पार्टीको आन्तरिक जिम्मेवारीमा त्यसपछि विप्लव कहिल्यै पछि फर्किनु परेन। पार्टीको सुप्रिमोको हैसियतमा प्रचण्डले पनि विप्लवलाई जहिल्यै महत्व दिँदै आए। विप्लव पनि प्रचण्डलाई उसैगरी महत्व दिन्थे। ०५७ मा प्रचण्डपथको सुरूवात गर्दा विप्लव नेतृत्वकर्तामध्येकै एक थिए। त्यसबेला भारतको पञ्जाबमा भएको दोस्रो सम्मेलनले प्रचण्डपथको सुरूआत गरेको थियो।

प्रचण्डपथबारे विप्लवले आफ्नो किताब ‘महापतन’मा लेखेका छन्- त्यसबेला ‘प्रचण्डपथ’ र संविधान सभाको कार्यनीतिसहित प्रचण्ड-बाबुरामको नाभी जोडिन पुगेको थियो। पूरै निश्चयका साथ भन्न सकिन्छ, त्यसबेला भारत नेपालका तीन वटा शक्तिसँग खेलिरहेको थियो- संसद्, दरबार र माओवादी।’

यद्यपि विप्लवले ०५७ सालमा पार्टीले लिएको नीतिलाई त्यतिखेरै भने गलत भनेका थिएनन्।

०६१ सालमा माओवादीका वरिष्ठ नेता मोहन वैद्य ‘किरण’ भारतमा पक्राउ परे। त्यही वर्ष असारमा प्रचण्ड र बाबुरामसहितका नेताहरू रोल्पा पुगेका थिए। त्यसबेला रोल्पाको फुल्किवाङमा भएको बैठकको माओवादी वृत्तमा अहिले पनि महत्वका साथ चर्चा हुन्छ। त्यसबेला विप्लवले झन्डै १० महिना नेताहरूको खाने-बस्ने व्यवस्थादेखि सुरक्षाको प्रबन्ध पनि राम्रो गरेका कारण उनको व्यवस्थापकीय कलाबारे प्रचण्डले राम्रै प्रशंसा गरेका थिए।

२०६१ मै रोल्पाको लावाङमा भएको बैठकले पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईलाई कारबाही गर्ने निर्णय गर्दा विप्लव ढुक्कैसँग प्रचण्डको पक्षमा उभिएका थिए। त्यसपछि झन् प्रचण्डको नजरमा विप्लव प्रिय बन्दै गए, यी दुई बीचको सम्बन्ध झन् कसिलो भयो।

सम्बन्धको गति समयझै एकनासले बग्दैन।

विप्लवमा पलाउँदै गएको महत्वकांक्षा र तौलिएर व्यवहार गर्ने प्रचण्ड स्वभावका कारण २०६२ को अन्तिमतिर यी दुईको सम्बन्धमा चिसोपन आयो। विप्लवसँगको सम्बन्ध सम्झिने क्रममा एकपटक प्रचण्डले भनेका थिए,‘जनमुक्ति सेनाको चार जना डेपुटी कमाण्डरमध्ये एउटा आफू हुनुपर्ने उहाँको प्रस्ताव थियो, परिस्थितिबस त्यो मिलेन। त्यसपछि उहाँले अलि धेरै नै मन दुखाउनुभयो।’

त्यतिबेला माओवादीले वर्षमान पुन, जनार्दन शर्मा, नन्दकिशोर पुन र चन्द्रप्रकाश खनाललाई डेपुटी कमाण्डर बनाएको थियो।

अहिले एमालेमा रहेका तत्कालीन माओवादी नेता मणि थापा पनि ०५७ पछि झाँगिएको प्रचण्ड-विप्लव सम्बन्ध शान्ति प्रक्रिया सुरू भएपछि बिग्रिएको स्मरण गर्छन्।

‘०५७/०५८ तिर विशेष क्षेत्रको इन्चार्ज विप्लवलाई बनाएपछि उनीहरूको सम्बन्धमा विकास भयो भन्ने लाग्छ,’ थापाले भने, ‘शान्ति प्रक्रियामा आइसकेपछि भने शान्ति प्रक्रिया र संविधानलाई कसरी बुझ्ने भन्ने विषयमै उनीहरूको मत मिलेन।’

२०६४ सालमा माओवादीको पाँचौं विस्ताारित बैठक काठमाडौंको बालाजुमा बस्यो। त्यस बैठकले पहिलो पटक प्रचण्डले ल्याएको राजनीतिक दस्तावेज खारेज गर्‍यो। २०५७ मा प्रचण्डपथ नै पारित गर्न भूमिका खेलेका विप्लवहरू ०६४ मा आइपुग्दा प्रचण्डको दस्तावेज नै पास हुन नदिने अवस्थामा पुगे।

०६४ को संविधान सभा चुनावमा मोहन वैद्य, विप्लवसहितको ठूलो समूह सहभागी नै भएन। ०६५ मा खरिपाटी भेलामा फरक दस्तावेज नै आयो । यद्यपि ०६४ को संविधान सभाको उपलब्धीलाई रक्षा गर्न नसकेकोप्रति अहिलेचाहिँ विप्लवमा ठूलो पछुतो रहेछ।

सेतोपाटीसँगको अन्तर्वार्ताका क्रममा विप्लवले भनेका छन्,‘माओवादीलाई २०६४ सालमा अभूतपूर्व अवसर प्राप्त भएको थियो, त्यसलाई हामीले सदुपयोग गर्न सकेनौं। अहिले फेरि एउटा समय छ। यसलाई हामीले सदुपयोग गर्नुपर्छ।’

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर
राजनीति

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर

अशोज १०, २०८३
देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी
राजनीति

देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी

अशोज ८, २०८३
कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित
चुनाव

कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित

अशोज ७, २०८३
साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’
राजनीति

साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’

अशोज २, २०८३
रास्वपा बैठकमै सरकारी शिक्षक महताको राजनीतिक भाषण, चौतर्फी विरोधसँगै कारबाहीको माग
राजनीति

रास्वपा बैठकमै सरकारी शिक्षक महताको राजनीतिक भाषण, चौतर्फी विरोधसँगै कारबाहीको माग

भदौ २०, २०८३
डडेल्धुराको खेल क्षेत्र चलायमान बनाउँछौँ : अध्यक्ष ऐर
राजनीति

राजनीतिलाई पेसा बनाएर जनतालाई झुक्याउनेविरुद्ध आगामी चुनाबमा युवा उम्मेदवार बन्नुपर्छ : जगत ऐर

भदौ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग