• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

एमाले फेरि फुटको संघारमा, घनश्यामसहित ३० भन्दा बढी केन्द्रीय सदस्य ओली बिरुद्ध विद्रोह गर्दै

सुदूर लाइभ ✍️ सुदूर लाइभ
जेष्ठ २३, २०७९
0
एमाले फेरि फुटको संघारमा, घनश्यामसहित ३० भन्दा बढी केन्द्रीय सदस्य ओली बिरुद्ध विद्रोह गर्दै
विज्ञापन

काठमाडौं, २३ जेठ । घनश्याम भुसालमाथि नेकपा एमालेको अनुशासन आयोगले कारबाहीका लागि बढाएको प्रक्रियाको कारण थियो अध्यक्ष केपी शर्मा ओलीमाथि आइपर्ने ठूलो संकट । स्थानीय तहको चुनावमा एमालेले धक्का खाएपनि भुसालले दुई वटा विकल्पसहित प्रस्ताव सार्न लागेका थिए । उनले ओलीले या त आत्मालोचनासहित बाम एकताको आव्हान गर्नुपर्ने या त राजीनामा दिनुपर्ने प्रस्ताव भुसालले तयार गरिसकेका थिए ।

विज्ञापन

एमाले बैठकमा भुसालले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको सूचना पाएपछि ओलीले केशव बडाललाई लगाएर अनुशासनको कारबाही अगाडि बढाउन लगाए । भुसाललाई सम्भवत एमालेबाट निष्काशन हुन सक्छ । उनले पनि त्यसको सामना गर्न पूर्वतयारी गरिसकेको बुझिएको छ ।

भुसालको साथमा एमालेका ३० भन्दा बढी केन्द्रीय सदस्य रहेको विश्वस्त स्रोतले बताएको छ । योगेश भट्टराईले पनि साथ दिएमा त्यो संख्या ५० को हाराहारीमा पुग्न सक्छ । योगेशले साथ दिने या नदिने स्पष्ट छैन । तर, भुसाल अगाडि बढिसकेका छन् ।

कुनैपनि बेला कारबाहीको निर्णय भएमा भुसाल विद्रोह गर्ने तयारीमा छन् । उनले आफ्नो साथमा रहेका केन्द्रीय सदस्यहरुसहित एमाले छाड्ने सम्भावना बलियो भएको छ ।

यसैगरी, विगतमा माधवकुमार नेपालसँग नजिक रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, भीम आचार्य, रघु पन्तलगायत नेताहरु पनि ओलीको पेलाईमा पर्दै गएका छन् । उनीहरु पनि ओलीलाई बाम एकताका लागि दबाब दिइरहेका छन् । तर, ओली टसमस भएका छैनन् ।

ओली, प्रचण्ड र माधवकुमार नेपाललाई मिलाउने दबाब सृजनामा बामदेव गौतम भित्र भित्र लागेका छन् । तर, यो सजिलो देखिएको छैन । ओली लचिलो नभए संसदको चुनावसम्म प्रचण्ड र माधवकुमार नेपालसहितको ओलीबाहेकको वाम शक्ति एक बनाउने गरी गौतम लागेका छन् । उनीनिकट रहेकाहरु पनि त्यही रणनीति अनुसार सक्रिय छन् । रिपोर्टर्स नेपालमा समचार छ

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर
राजनीति

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर

अशोज १०, २०८३
देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी
राजनीति

देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी

अशोज ८, २०८३
कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित
चुनाव

कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित

अशोज ७, २०८३
साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’
राजनीति

साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’

अशोज २, २०८३
रास्वपा बैठकमै सरकारी शिक्षक महताको राजनीतिक भाषण, चौतर्फी विरोधसँगै कारबाहीको माग
राजनीति

रास्वपा बैठकमै सरकारी शिक्षक महताको राजनीतिक भाषण, चौतर्फी विरोधसँगै कारबाहीको माग

भदौ २०, २०८३
डडेल्धुराको खेल क्षेत्र चलायमान बनाउँछौँ : अध्यक्ष ऐर
राजनीति

राजनीतिलाई पेसा बनाएर जनतालाई झुक्याउनेविरुद्ध आगामी चुनाबमा युवा उम्मेदवार बन्नुपर्छ : जगत ऐर

भदौ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग