• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

प्रवासको राजनीतिबाट उदाएका पार्की बने आलितालको अध्यक्ष

पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्र

सुदूर लाइभ ✍️ सुदूर लाइभ
जेष्ठ ६, २०७९
0
प्रवासको राजनीतिबाट उदाएका पार्की बने आलितालको अध्यक्ष
विज्ञापन

प्रकाश पार्की / डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ। माओवादीबाट शेरसिंह पार्की अध्यक्ष र मैनाकुमारी रावल बोहरा उपाध्यक्ष बनेका छन्।

विज्ञापन


कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्षमा पार्की र कांग्रेसकै जलाकुमारी विष्ट (बोगटी) लाईपछि पार्दै मैना उपाध्यक्षमा विजयी भइन्। अध्यक्षमा निर्वाचित पार्कीले २३ सय ८९ मत ल्याए।

उनका प्रतिद्वन्द्वी गुरुङले २२ सय २४ मत पाए। पार्कीले गुरुङलाई १ सय ६५ मत बढी ल्याएर हराए। उपाध्यक्षमा विजयी रावलले २६ सय २ मत पाइन्। कांग्रेसकी बोगटीले २२ सय ४१ मत ल्याइन्। यी दुईबीचको मतान्तर ३ सय ६१ रह्यो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाटै पालिका अध्यक्षमा गुरुङ २ हजार २६१ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर पार्कीले २ हजार ९८ मत पाएका थिए।

गुरुङले जगतलाई १ सय ६३ मतले हराएका थिए। अहिले जगतकै सहोदर भाइ शेरले गुरुङसँग हारको बदला लिए।

को हुन् शेर?

आलिताल गाउँपालिकाको अध्यक्ष बनेका पार्की प्रवासको राजनीतिबाट उदाएका हुन्। उनले २०५६ सालदेखि प्रवासमा राजनीति गरे।

उनी २०५७ सालमा प्रवासी नेपाली एकता मञ्चको महासचिव बने। त्यहाँबाट उनी प्रवासको राजनीतिमा सक्रिय रहे। उनी त्यति बेला जनमोर्चा नेपाल नजिक थिए। उनी जनमोर्चा सदस्य थिए।


०६२/६३ को जनआन्दोलनका क्रममा दिल्लीमा राजदूतावास घेर्नेलगायतका राजनीतिक गतिविधिमा आफू संलग्न रहेको पार्की बताउँछन्। दिल्लीमा १२ बुँदे सहमति हुने बेलामा पनि कुनैन कुनै रूपमा सहयोग गरेको उनको दाबी छ।

‘भारतको हरियणाको फरियाबादमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला, जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ताको व्यवस्थापन हामीले गरेछौँ,’ पार्कीले भने, ‘त्यहाँ १२ बुँदेको ड्राफ्ट तयार भएको थियो। हामी बाहिर बसेका थियौं। हाम्रो कार्यालयमा त्यो ड्राफ्ट तयार गरेका थियो।’

०६२/६३ को जनआन्दोलनपछि पार्की लगातार माओवादी केन्द्रका विभिन्न तहमा रहेर काम गर्दै आइरहेका छन्। उनले बामपन्थी राजनीति गर्न थालेको २८ वर्ष पूरा भएको छ।

उनी अहिले माओवादी केन्द्रका आलिताल गाउँ कमिटी उपाध्यक्ष छन्। उनी राष्ट्रियसभा सदस्य जगत पार्कीका सहोदर भाइसमेत हुन्। जगत माइला र शेर साइला भाइ हुन्।

अध्यक्ष पार्कीको पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्र

गाउँपालिका अध्यक्ष बनेपछि उनले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिक्रिया दिएका छन्। जनताको स्वास्थ्यलाई मध्यनजर गरेर आलितालमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने उनले बताए।

धनगढीका अस्पतालले दिने सेवा सरहको हस्पिटल आलितालमा निर्माण गरिने उनको दाबी छ। अहिले १५ सयको औषधि ल्याउन धनगढी गएर २० हजार खर्च गर्नुपर्ने यहाँका नागरिकको बाध्यतालाई अन्त्य गर्ने उनको योजना छ।

हामी पहिले यहाँ अस्पताल बनाउनेछौँ। यहाँका जनता बिरामी हुँदा धनगढी जानुपर्ने बाध्यतालाई त्यसको अन्त्य गर्छौं,’ उनले भने, ‘अब हामी प्रत्येक वडामा एक एम्बुलेन्स तयारी अवस्थामा राख्छौँ। जबसम्म हाम्रो पालिकामा सुविधासम्पन्न अस्पताल बन्दैन।’

उनले एम्बुलेन्सको जनता भाडा तिर्नुनपर्ने र तेल पनि हाल्नुनपर्ने बताए। त्यसको सबै व्यवस्थापन पालिका सरकारले गर्ने उनको भनाइ छ। यहाँका बिरामीलाई धनगढीसम्म पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइने अध्यक्ष पार्कीको दाबी छ।

उनले आलितालमा जननीति लागू गर्दै चुनावका बेला गरेका ३९ बुँदे प्रतिबद्धता पाँचवर्षे कार्यकालमा पूरा गरिसक्ने बताए। उनले गरिब जनता र यहाँका किसानका समस्यालाई प्राथमिकतामा राख्दै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

आलितालका जनताले परिवर्तनको महसुस गर्दै आफूलाई जिताएको उल्लेख गर्दै अध्यक्ष पार्कीले जनताको विश्वास टुट्न नदिने बताए। जनताका न्यूनमत् कार्यक्रमहरूलाई पूरा गर्ने अठोट् उनको छ। गाउँपालिका अध्यक्ष पार्कीले शुक्रबारदेखि पदभार सम्हालेका छन्।

८ वडा रहेको आलितालमा माओवादी केन्द्र र एमाले समान ३/३ तथा कांग्रेस २ वडामा विजयी भयो।

आलिताल–१ मा नेकपा एमालेका यज्ञ बहादुर देउवा, २ मा नेपाली कांग्रेसका प्रमोद मल्ल, ३ मा माओवादीका बलबहादुर बुढा, ४ मा एमालेका कमलसिंह बोहरा, ५ मा माओवादीका डम्बरबहादुर ढाँट, ६ मा एमालेका कुम्भर बुढा, ७ मा माओवादीका वीरबहादुर बोहरा र ८ नम्बर वडामा कांग्रेसका धनबहादुर देउवा विजयी भए।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर
राजनीति

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर

अशोज १०, २०८३
देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी
राजनीति

देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी

अशोज ८, २०८३
कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित
चुनाव

कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित

अशोज ७, २०८३
साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’
राजनीति

साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’

अशोज २, २०८३
रास्वपा बैठकमै सरकारी शिक्षक महताको राजनीतिक भाषण, चौतर्फी विरोधसँगै कारबाहीको माग
राजनीति

रास्वपा बैठकमै सरकारी शिक्षक महताको राजनीतिक भाषण, चौतर्फी विरोधसँगै कारबाहीको माग

भदौ २०, २०८३
डडेल्धुराको खेल क्षेत्र चलायमान बनाउँछौँ : अध्यक्ष ऐर
राजनीति

राजनीतिलाई पेसा बनाएर जनतालाई झुक्याउनेविरुद्ध आगामी चुनाबमा युवा उम्मेदवार बन्नुपर्छ : जगत ऐर

भदौ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

✍️ सुदूर लाइभ
कार्तिक २, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग