काठमाडौं : नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट पार्टी बीचको लडाइँमा काँग्रेस सहभागी बन्न नहुने बताएका छन् । बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताएका हुन् ।
उनले नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जान नहुने दोहो¥याए । नेता रिजालले स्थानीय निर्वाचनमा राम्रो परिणाम आएको खण्डमा पुनः कम्युनिष्ट पार्टीहरू एकजुट भएर आफ्नो सरकार बनाउने भन्दै काँग्रेसले गठबन्धन नगरी स्थानीय निर्वाचनमा भाग लिएको खण्डमा देश दुर्घटनाबाट जोगिने जिकिर गरे ।
नेता रिजालले एक्लाएक्लै निर्वाचनमा जाँदा काँग्रेसलाई केही सिट कमी आएपनि देशको भलो हुने जिकिर गरे । उनले स्थानीय निर्वाचनमा माओवादीले धेरै सिट ल्याएको खण्डमा नेकपा एमाले र नेकपा एमालेले धेरै सिट ल्याएको खण्डमा नेकपा माओवादी केन्द्र एक अर्कालाई प्रधानमन्त्रीको प्रस्ताव लिएर जानसक्ने आशंका व्यक्त गरे ।
नेता रिजालले भने, ‘नेकपा आपसी गठबन्धनलाई व्यवस्थापन गर्न नसकेर अहिले फुटमा छन् । उनीहरुको आपसको कलह होला । आपसमा एउटाले अर्कोलाई सक्ने सोच होला । काँग्रेस त्यो लडाइँको सहभागी बन्न सक्दैन । र बन्नु पनि हुँदैन । स्थानीय निर्वाचनमा राम्रो परिणाम आएको खण्डमा केपी शर्मा ओली दौडेर पुष्पकमल दाहालकोमा पुग्नेछन् । प्रधानमन्त्री बन्नुप¥यो प्रचण्डजी । यो गठबन्धन छोड्नुहोस् प्रधानमन्त्री बन्नुपर्छ भनेर । त्यतिबेला प्रचण्डले मान्छन् यहाँ बसिराख्न ? केपी शर्मा ओलीको प्रस्तावमा प्रधानमन्त्री बन्न पुग्छन् । यदी काँग्रेस, माओवादी, समाजवादी कसैको पनि राम्रो मत परिणाम आएन भने प्रचण्ड केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव लिएर नजालान् ? त्यसलाई हामीले हेर्ने कि नहेर्ने ? सिट कति पाइन्छ होइन, राजनीतिमा कति कम्युनिष्टलाई शिरमा लिएन हिँड्ने ? नेपालको राजनीति कहिल्यै पनि कम्युनिष्ट आन्दोलनको लडाइँ बोकेर एकपटी र अर्कोपटिको कम्युनिष्ट बोकेर कहिलेसम्म हिँड्ने ? हामीले त्यहाँबाट मुक्ति खोज्ने कि नखोज्ने ? हामीले कोहीसँग सहकार्य नगरी निर्वाचनमा सहभागी बनेको भए मुलुकले कुनै दुर्घटना नभइकन स्थानीय निर्वाचनमा पार पाउने थियो ।’
नेता रिजालले नेपाली काँग्रेसले नेपालको राजनीतिमा एकातिर कम्युनिष्ट आन्दोलनको लडाइँ र अर्कोतिर कम्युनिष्ट बोकेर कहिलेसम्म हिँड्ने भन्दै प्रश्न गरे ।










