डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराका युवा नेता जगत ऐरले ‘राजनीतिलाई पेशा बनाएर बारम्बार जनता झुक्याउने प्रवृत्तिविरुद्ध आगामी निर्वाचनमा योग्यता, क्षमता र सकारात्मक सोच भएका युवाहरू दृढ आत्मविश्वासका साथ उम्मेदवारी दिन जरुरी रहेको बताएका छन्।’
उनले सामाजिक सञ्जालमा बिचार व्यक्त गर्दै ‘राजनीतिक क्षेत्रमा देखिएको सिन्डिकेट तोड्न युवाहरू सक्रिय रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।’
राजनीतिमा युवाहरू केवल मतदाता वा चुनावी कार्यकर्ता मात्र बनेर पुग्दैन। नीति निर्माण र नेतृत्व तहमा पुग्न उनीहरू आफैँ उम्मेदवार बनेर अघि बढ्नुपर्ने ऐरको भनाई छ ।










