डडेल्धुरा । आलिताल गाउँपालिका–२ का एक पुरुषको भारतको बैंग्लोरमा हृदयघातका कारण निधन भएको छ।
मृतक गाउँका अभिभावक तथा श्री भूमिराज कुलदेवताका धामीका रूपमा परिचित देव दमाई रहेको जनाइएको छ। उनको निधनको खबरले आलिताल–२ तेलीगाउँवासी शोकमा परेका छन्।
दमाईको भारतको बैंग्लोरमा हृदयघातका कारण निधन भएको आलिताल गाउँपालिका–२ का वडा अध्यक्ष प्रमोद मल्लले पुष्टि गरेका छन्।










