डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–४ धारापानीकी २० वर्षीया पवित्रा ठगुन्ना भारतको बेंगलुरुबाट सम्पर्कविहीन भएकी छन्।
परिवारका अनुसार पवित्रा सेप्टेम्बर १६ अर्थात् भदौ ३१ गते राति श्रीमान्सँगै कोठामा सुतेकी थिइन्। श्रीमान् निदाइरहेको अवस्थामा उनी सोही रात करिब १२ बजे तिर कोठाबाट बाहिर निस्किएको र श्रीमान्लाई कोठामै कुण्डी लगाएर केही गरगहना तथा नगद रकम लिएर गएको बताइएको छ।
त्यसपछि पवित्रा सम्पर्कविहीन भएकी हुन्। परिवारले उनको खोजीमा सहयोग गरिदिन भारतमा रहेका नेपाली तथा सबैसँग आग्रह गरेको छ।
पवित्रालाई देख्नुहुने वा उनको अवस्थाबारे कुनै जानकारी पाउनेले निम्न नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।
नेपाल : ९८६८८४८७४२
भारत : ००९१–८९७०१४४२०१










