• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

डडेल्धुरा अस्पताल अध्यक्षको कुर्चिमा २० जनाको आँखा

सुदूर लाइभ ✍️ सुदूर लाइभ
भदौ २३, २०८३
0
डडेल्धुरा अस्पताल अध्यक्षको कुर्चिमा २० जनाको आँखा

AI photo

विज्ञापन

डडेल्धुराः डडेल्धुरा अस्पताल विकास समिति गठन प्रक्रिया सुरु भए सँगै अध्यक्ष बन्ने दौडमा २० जना मैदानमा उत्रिएका छन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवेदन माग गरेपछि अध्यक्ष र सदस्य पदका लागि ३४ जनाले आवेदन दिएका छन।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार अध्यक्ष पदका लागि मात्रै २० जनाको आवेदन परेको छ। एक जना अध्यक्ष बन्ने पदमा २० जनाको दाबीले अस्पतालको नेतृत्वप्रति आकांक्षीहरूको चासो त देखाएको छ नै, अब वास्तविक प्रश्न भनेको छनोट कसरी हुन्छ भन्ने हो।
अध्यक्ष पदका लागि रामदत्त जोशी, लोकराज भट्ट, कृष्णदत्त जोशी, जितराज भट्ट, लक्ष्मीप्रसाद भण्डारी, शंकरबहादुर बिक, तेजबहादुर भण्डारी, तेजराज भट्ट, दमन महता, सुरेशबहादुर थापा, छत्रराज जोशी, नवराज धिक्त, रामदत्त पन्त, यादवप्रसाद ओझा, लोकेन्द्रबहादुर ओझा, हरिप्रसाद उप्रेती, प्रकाश मडै, त्रिलोक्यनाथ पाण्डेय, एलिना गिरी र लक्ष्मण सिंहले आवेदन दिएका छन।
सदस्य पदका लागि पनि १४ जनाले आवेदन दिएका छन। दुई पुरुष र एक महिला गरी तीन जना सदस्य छनोट हुनेछन्।
तर अहिले डडेल्धुरामा चासोको विषय आवेदन दिनेहरूको संख्या मात्रै होइन, अन्तिम निर्णयको आधार के बन्ने हो भन्ने हो।
अस्पताल जस्तो संवेदनशील संस्थाको नेतृत्व राजनीतिक पहुँच, गुटगत भागबन्डा वा व्यक्तिगत सम्बन्धका आधारमा तय हुने हो कि क्षमता, अनुभव, इमानदारी र स्पष्ट कार्ययोजनाका आधारमा? यसको जवाफ मन्त्रालयले दिनु पर्ने अवस्था छ।
अस्पतालको अवस्था सुधार्ने जिम्मेवारी बोकेको विकास समितिको अध्यक्ष पदलाई सामान्य राजनीतिक नियुक्तिजस्तो व्यवहार गरियो भने त्यसको प्रत्यक्ष असर अस्पतालको व्यवस्थापन र सेवामा पर्न सक्छ। विगतमा अस्पतालको सेवा, उपकरण, व्यवस्थापन र पारदर्शिता माथि उठेका प्रश्न अझै समाधान नभइसकेको अवस्थामा नयाँ नेतृत्व छनोट झन् महत्वपूर्ण बन्दै गएको छ ।
त्यसैले अब ‘कसको मान्छे? भन्दा ‘कसले अस्पताल बनाउन सक्छ?अध्यक्षका २० आकांक्षी मध्ये कसको शैक्षिक योग्यता, व्यवस्थापकीय अनुभव, स्वास्थ्य क्षेत्रको बुझाइ र अस्पताल सुधार्ने स्पष्ट दृष्टिकोण छ? कससँग आर्थिक पारदर्शिता र जवाफदेहिताको प्रतिबद्धता छ? र कसले अस्पताललाई राजनीतिक अखडा होइन, जनताको उपचार गर्ने संस्था बनाउन सक्छ? भन्ने क्षमता जाँचिँदै छ।
सार्वजनिक परीक्षण नगरी केवल नाम र पहुँचका आधारमा नेतृत्व छानिएमा विकास समिति गठनको औचित्यमाथि नै प्रश्न नउठ्न सक्ला भन्न सकिदैन ।
र मन्त्रालय सामु चुनौती एउटा अध्यक्ष छान्नु मात्रै होइन, डडेल्धुरा अस्पताललाई राजनीतिक भागबन्डा बाट माथि उठाएर सक्षम नेतृत्व दिनु हो सर्वसाधारणको भनाइछ
अस्पताललाई साँच्चिकै सुधार्ने हो भने कोटेसन बाँड्ने, पहुँच देखाउने र गुट मिलाउने होइन काम गर्न सक्ने व्यक्ति छानिनुपर्छ आजसम्मको अवस्था यही हो।
डडेल्धुरावासीको नजर मन्त्रालयको निर्णयमा छ अस्पतालको नेतृत्वमा ‘क्षमता’ रोजिन्छ कि ‘पहुँच’? भन्ने चासोको विषय बनेको छ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते
सुदूरपश्चिम

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

कार्तिक ५, २०८३
सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस
सुदूरपश्चिम

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

कार्तिक ४, २०८३
दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
सुदूरपश्चिम

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कार्तिक ३, २०८३
क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल
सुदूरपश्चिम

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

कार्तिक ३, २०८३
भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ
फ्ल्यास

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

कार्तिक २, २०८३
चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी
सुदूरपश्चिम

चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी

अशोज २९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग