डडेल्धुरा । डडेल्धूराको नवदुर्गा गाउँपालिका–५ चौडबान्नीमा ट्रान्सफर्मर नजिक विद्युत् तारमा रुख खस्दा सोमबार दिउँसो ४ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको छ।
रुख तारमा खसेपछि वडाभरि विद्युत् सेवा प्रभावित भएको स्थानीय प्रकाश साउदले जानकारी दिएका छन्। ४ बजे देखि अहिले सम्म पनि मर्मतमा कुनै पहल नभएको गुनासो छ। स्थानीयले तत्काल विद्युत् मर्मत गरी सेवा सुचारु गर्न माग गरेका छन्।
सम्पादक : कृष्ण बहादुर भट्टराई
सह-सम्पादकः मनाेज रावत










