डडेल्धुरा । निरन्तर वर्षाका कारण नदीखोलामा बाढी र भिरालो जमिनमा पहिरोको जोखिम बढेपछि आलिताल गाउँपालिकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गाउँपालिकाले नदी किनार तथा भिरालो जमिन नजिकका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सर्न र जोखिमपूर्ण अवस्थामा तथा रातिको समयमा अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ ।











