धनगढी : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुदुरपश्चिम प्रदेश समितिले भुकम्प प्रभावित क्षेत्रमा चामल र कपडा सहयोग गर्ने निर्णय गरेको छ।
जाजरकोट र पश्चिम रुकुमका भुकम्प पिडितहरुलाई पार्टीले तत्काल १० क्विन्टल चामल र २० सेट लुगा राहात उपलब्ध गराउने पार्टीका केन्द्रिय सदस्य तपेन्द्र तिमिल्सेनाले बताउनु भयो।










