• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता वास्तोला धरौटीमा रिहा

सुदूर लाइभ ✍️ सुदूर लाइभ
कार्तिक १८, २०८०
0
मिटरव्याजीहरु जहाँ भेटिन्छन्, त्यही जनकारबाही गर्छौं : धर्मेन्द्र वास्तोला
विज्ञापन

रुपन्देही : दशैंअघि आफैले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि दाङ प्रहरी हिरासतमा रहेका नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला १५ दिनपछि ७० हजार धरौटीमा रिहा भएका छन्।

विज्ञापन

सवारी ज्यान मुद्दाको अनुसन्धानको क्रममा उनी इलाका प्रहरी कार्यालय भालुबाङको हिरासतमा रहेका थिए ।

कात्तिक २ गते राति पौने १० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ सिंङ्गेनजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो। दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा स्वास्थ्य चौकी सिसहनियाँमा पुर्‍याइएको थियो।

तर, चौधरीको मृत्यु भएको स्वास्थ्यकर्मीले घोषणा गरेका थिए। घटनालगतै प्रहरीले नेता बाँस्तोलालाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी हिरासतमा बस्दै आएका थिए।

बाँस्तोलालाई जिल्ला अदालत दाङले ७० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको प्रहरी स्रोतले जनाएको छ।
बाँस्तोलालाई शुक्रबार अदालतमा पेश गरिएको थियो। न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले बाँस्तोलालाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

बैतडीको दशरथचन्द नगरपालिकाको बसमा भेटियो २८ बण्डल अवैध बिडी
Uncategorized

बैतडीको दशरथचन्द नगरपालिकाको बसमा भेटियो २८ बण्डल अवैध बिडी

साउन १७, २०८३
अछामकाे ढकारी गाउँपालिकामा राजेश हमालकाे नाममा १२ लाख भ्रष्टाचार
Uncategorized

अछामकाे ढकारी गाउँपालिकामा राजेश हमालकाे नाममा १२ लाख भ्रष्टाचार

चैत्र ५, २०८२
बैतडीमा जिप खस्यो, ४ जना घाइते‌, एकको अवस्था गम्भिर
Uncategorized

बैतडीमा जिप दुर्घटना हुदाँ २६ बर्षिया चालक केशवसिंह अस्ताए

फाल्गुन १०, २०८२
डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने
Uncategorized

डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने

पुस ८, २०८२
डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने
Uncategorized

डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने

पुस ८, २०८२
पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन
Uncategorized

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन

चैत्र १६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

बाल यौन दुर्व्यवहार गरेको आरोपमा आलितालबाट २६ बर्षिया युवक पक्राउ

डडेल्धुरामा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ, ६ महिना ३ दिन कैद सजाय

✍️ सुदूर लाइभ
कार्तिक ११, २०८३
0

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग