
डडेल्धुरा : केहीदिन देखि डडेल्धुराको भित्रिमधेशमा विद्युत सेवामा अनियमित हुँदा स्थानिय समस्यामा परेका छन् ।
जिल्लाको भित्रिमधेशका आलिताल गाँउपालिका र परशुराम नगरपालिकामा केहि दिन यता दिनभर जासो झ्याप्प-झ्याप्प बत्ति जाने समस्या बढ्दै गइरहेको छ । विद्युतमा भएको अनियमिताले यस क्षेत्रका बिद्यार्थीहरु, सरकारी तथा गैरसरकारी कार्यालयहरु र स्थानिय व्यवसायीहरु निकै मारमा परेक छन्। दैनिक अघोषित विद्युत कटौति हुदा समस्या भएको हो ।
अहिले हामिले गैरा,बुडर,धनगढी र भित्रिमधेशको विद्युतलाई एउटै प्रसारण लाईनमा जोडेका छौ। जसले गर्दा यो गर्मि मौसमको विद्युतको मागलाई धान्न नसकेको नेपाल विद्युत प्राधिकरण डडेल्धुराका प्रमुख रमेश अवस्थीले बताए। अहिले बेला-बेलामा झ्याप्प-झ्याप्प लाईन जाने समस्या छ। आलिताल र जोगबुढाको लागि बुडर पावर स्टेसनबाट बिद्युत आपुर्ती गरिरहेका छौ। भित्रिमधेशको लागि नयाँ ११ के.भी. (किलो भोल्टेज) को लाइन बिस्तारको काम भइरहेको छ । ठेकेदारले उत्त काम भाद्रको अन्तिम सम्म सम्पन्न गर्छु भनेका छन् । सो प्रसारण लाईन जोगबुढा सिद्दाथानमा रहेको पावर स्टेसनमा लगेर जोडिने छ। त्याहाँबाट बितरण गरिने छ। त्यसपछी भने यसरी दैनिक जसो झ्याप्प-झ्याप्प बत्ती जाने समस्याको सावधान हुने अवस्थीको भनाई छ ।










