• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

सुदूर लाइभ ✍️ सुदूर लाइभ
अशोज ३१, २०८२
0
विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल
विज्ञापन

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा एक मात्रै अपराजित टोली नेपाल सुपर सिक्स चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा छ।

विज्ञापन

सुपर सिक्समा नेपालले अहिलेसम्म खेलेका चारै खेल जित्दै अपराजित यात्रा कायम राख्न सफल भएको हो। दुई खेलअगाबै अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपालले शुक्रबार अन्तिम खेलमा समोआलाई चुनौती पेस गर्ने भएको छ। खेल अल अमेरात क्रिकेट मैदान ओमान क्रिकेटमा अपराह्र ४ः१५ बजे सुरु हुनेछ।

विज्ञापन
cp add

अब नेपाललाई सुपर सिक्सको अन्तिम खेल जित्दै च्याम्पियन बन्ने उत्कृष्ट अवसर मिलेको छ। सामोआविरुद्धको खेल जिते नेपाल अपराजित रूपमा समूह विजेता बन्दै प्रतियोगिताको च्याम्पियन बन्नेछ। समूह चरणमै जापानलाई पराजित गर्दै सुपर सिक्समा दुई अंक लिएर आएको नेपालले संयुक्त अरब इमिरेट्स (यूएई),ओमान र कतारलाई पराजित गर्दै ८ अंकसहित तालिकाको शीर्ष स्थान कब्जा गरेको हो।

दोस्रो स्थानमा यूएई र तेस्रो स्थानमा रहेको ओमानको क्रमशः ६–६ अंक छ। यी दुई टोलीले पनि नेपालसँगै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। ओमानको खेल सकिँदा यूएईले भने शुक्रबार नै प्रतियोगिताबाट बाहिरिइसकेको जापानसँग खेल्नेछ। जित्यो भने उसको पनि ८ अंक नै हुनेछ। त्यसैलाई नेपाललाई जितको विकल्प हुनेछैन। यद्यपि, समोआ प्रतियोगिताकै कमजोर टोली हो। हालसम्म जित निकाल्न नसकेको यो टोली सुपर सिक्सको अन्तिम स्थानमा छ।

 

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

डडेल्धुराका टेकराज थलाललाई एनपीएलमा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी
खेलकुद

डडेल्धुराका टेकराज थलाललाई एनपीएलमा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी

अशोज २३, २०८३
अमरगढीस्तरीय शिक्षक भलिबलमा क्याम्ब्रिज पब्लिक स्कुल च्याम्पियन
खेलकुद

अमरगढीस्तरीय शिक्षक भलिबलमा क्याम्ब्रिज पब्लिक स्कुल च्याम्पियन

अशोज ४, २०८३
डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुँदै
खेलकुद

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुँदै

भदौ २०, २०८३
स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौं स्थानमा उक्लियो
खेलकुद

स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौं स्थानमा उक्लियो

जेष्ठ ४, २०८३
डडेल्धुराको परशुराम-१२ मा पनि वडा अध्यक्षकप भलिबल प्रतियोगिता हुने
खेलकुद

डोटीको बानेडुंग्रीसैनमा डेढ लाख राशिको भलिबल प्रतियोगिता हुने

पुस १९, २०८२
आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए
खेलकुद

आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए

जेष्ठ २१, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग