• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौं स्थानमा उक्लियो

सुदूर लाइभ ✍️ सुदूर लाइभ
जेष्ठ ४, २०८३
0
स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौं स्थानमा उक्लियो
विज्ञापन

काठमाडौं– शीर्षस्थानको स्कटल्यान्डलाई ६ विकेटले स्तब्ध बनाउँदै नेपाल आइसीसी विश्व कप लिग २ को अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। साथै नेपालले पहिलो खेलमा भोगेको हारको बदला लिन पनि नेपाल सफल रह्यो।

विज्ञापन

आजको जितमा स्टार लेग स्पिनर सन्दीप लामिछानेको विश्व कीर्तिमान, रोहित पौडेल र इशान पाण्डेको सतकीय साझेदारीसँगै दुवैको अर्धशतक प्रमुख रह्यो।

जितको लागि १ सय ९५ रनको लक्ष्य ३८.१ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ५८ रनको साझेदारी गर्दै सन्तोषजनक सुरुवात दिलाए। आशिफ २९ रन जोडेर रन आउट भए लगत्तै कुशल पनि २८ रनमा पबिलियन फर्किए।

यसपछि इशान र रोहितले ७.२ ओभर देखि २९.५ ओभरसम्म तेस्रो विकेटको लागि १ सय ४ रनको शतकीय साझेदारी गर्दै नेपालको जितलाई सहज बनाए।

वान डाउनमा क्रिजमा छिरेका इशानले सामना गरेको ५३ औं बलमा मार्क वाटलाई नो बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनले ५३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। उनको यो करियरको पहिलो ओडिआई अर्धशतक हो। उनी ५५ रनमा आउट भए।

रोहितले पनि अर्धशतक बनाए। ७६ बलमा २ चौका र १ छक्का सहित १२ औं ओडिआई अर्धशतकको सफलता प्राप्त गरे। उपकप्तान दीपेन्द्र भने २ रनमा आउट भए।

४ विकेटको क्षतिमा नेपालले १ सय ६७ रन बनाउँदा जितको लागि २८ रन मात्र आवश्यक थियो। जितको लागि २ रन जरुरी हुँदा मापकल लिस्कको बलमा छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए। ९८ बल खेल्दै रोहित अविजित ७४ रनमा रहे। आरिफ शेख अविजित ८ रनमा रहे।

बलिङमा स्कटल्यान्डका खेलाडीहरूको प्रदर्शन फितलो रह्यो। मार्क वाटले १० ओभरमा १ मेडन सहित ५८ रन दिएर २ विकेट लिए। ब्रान्डन मकमलेनले १ विकेट झारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ३९.१ओभर ओभरमा सबै विकेट गुमाएर १ सय ९४ रनमा समेटियो।

स्कटल्याण्डका ओपनर फिन्ले म्याक क्रेथ ६ रनमा दीपेन्द्रको बलमा एलबिडब्लु आउट भए। पहिलो विकेटको नोक्सानीमा १८ रन बनाएको थियो। यसपछि जर्ज मुन्सी र ब्रान्डन मकमलेनले दोस्रो विकेटको लागि ५३ रनको साझेदारी गरे।

मुन्से २१ रनमा सन्दीपको बलमा आउट भए। तेस्रो विकेटको रूपमा कप्तान रीची बेरिङ्गटन १२ बलमा ललित नारायण राजवंशीको बलमा आउट भए। उनले तीन खेलपछि लिएको यो पहिलो विकेट हो।

यसपछि क्रिजमा जमेका मकमलेनलाई सन्दीपले इशान पाण्डेद्वारा क्याच आउट गराउँदै विश्व रेकर्ड कायम गरे। उनी विश्व एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने खेलाडी बने।

उनले अष्ट्रेलियन मिचेल स्टार्सको नाममा रहेको रेकर्ड तोडेका हुन्। मिचेलले सन् २०१९ को विश्व कपमा वेस्ट इन्डिज विरुद्धको खेलमा ७७ खेलमा १ सय ५० विकेटको कीर्तिमान बनाएका थिए। सन्दीपले ७३ खेल खेल्दै ७१ इनिङ्समा १ सय ५० विकेट लिंदै स्टार्सको रेकर्ड तोडे।

मकमलेनले ४४ बल खेल्दै ६ चौका र ६ छक्का प्रहार गर्दै टिमको लागि सर्वाधिक ७३ रन जोडे। लगतै म्याथ्यु क्रस १ रनमा आउट भए। र मार्क वाट २० रनमा आउट भए। ६ विकेट गुमाउँदा स्कटल्यान्डले १ सय ७५ रन बानएको थियो।

यसपछि १ रन बनाएका माइकल लिस्क, रनको खाता नखोलेका ओलिभर डेबिडसन २ रन बनाएका ओलि जोन्स तीनै खेलाडी ललितको बलमा आउट भए। माइकल लिस्क भने क्रिजमा टिके। उनले ६९ बलमा ४ चौका र १ छक्का सहित अर्धशतक बनाए।

बलिङमा ललितले उत्कृष्ट कमब्याक गरे। उनले ८ ओभरमा ३२ रन दिएर ४ विकेट लिए। सन्दीपले १० ओभरमा ४७ बल दिंदै ३ विकेट लिए।

लिग २ मा स्कटल्यान्डको यो नवौं हार हो। ३८ अंक सहित शीर्षस्थानमा रहँदा नेपाल २२ अंक सहित पाँचौं स्थानमा उक्लियो। नेपाल र नामिबियाको समान २२ अंक भएपनि नेपाल रन रेटको आधारमा अगाडि छ।

बुधबार स्कटल्यान्ड र अमेरिकाबीच खेल हुनेछ। सिरिजको अन्तिम खेल शुक्रबार नेपाल र अमेरिकाबीच हुनेछ। हाम्रो खेलकुदबाट ..

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

डडेल्धुराका टेकराज थलाललाई एनपीएलमा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी
खेलकुद

डडेल्धुराका टेकराज थलाललाई एनपीएलमा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी

अशोज २३, २०८३
अमरगढीस्तरीय शिक्षक भलिबलमा क्याम्ब्रिज पब्लिक स्कुल च्याम्पियन
खेलकुद

अमरगढीस्तरीय शिक्षक भलिबलमा क्याम्ब्रिज पब्लिक स्कुल च्याम्पियन

अशोज ४, २०८३
डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुँदै
खेलकुद

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुँदै

भदौ २०, २०८३
डडेल्धुराको परशुराम-१२ मा पनि वडा अध्यक्षकप भलिबल प्रतियोगिता हुने
खेलकुद

डोटीको बानेडुंग्रीसैनमा डेढ लाख राशिको भलिबल प्रतियोगिता हुने

पुस १९, २०८२
विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल
खेलकुद

विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

अशोज ३१, २०८२
आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए
खेलकुद

आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए

जेष्ठ २१, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग