• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

डडेल्धुराको आलितालमा मनाइयो सिमसार दिवस

सुदूर लाइभ ✍️ सुदूर लाइभ
माघ २०, २०८१
0
डडेल्धुराको आलितालमा मनाइयो सिमसार दिवस
विज्ञापन

डडेल्धुरा: सुदूरपश्चिमकै प्रमुख पर्यटकिय गन्तव्य स्थल आलितालमा “हाम्रो साझा भबिष्यको लागि सिमसार क्षेत्रको संरक्षण” भन्ने मुल नाराका साथ विश्व सिमसार दिवस २०२५ मनाइएको छ । अक्सफाम नेपाल र ग्रामिण महिला विकाश तथा एकता केन्द्र (रुडुक) को संयुक्त साझेदारीमा संचालित जलाधार व्यवस्थापन तथा विकाश परियोजना अन्तरगत उक्त कार्यक्रमको आयोजना भएको हो ।  आलिताल गाउँपालिका वडा नम्बर ३ मा रेहेको आलिताल परिसरमा विश्व सिमसार दिवसको परिचय, भुमिका र राष्ट्रिय सिमसार नितिको बिषयमा छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमको संचालन गरिएको रुडुक डडेल्धुराका प्रमुख अमर बहादुर साँउदले जानकारी दिएका छन्  ।

विज्ञापन

कार्यक्रमको प्रमुख वक्ताका रुपमा रहेका आलिताल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादुर बुढा मगरले आलिताल सुदूरपश्चिमकै प्रमुख पर्यटकिय स्थल रहेको बताए । ताल संरक्षणको जिम्मा स्थानिय सरकारको भएको र आफुहरु त्यस बिषयमा लागिपरेको बुढाको भनाई थियो । उनले आलिताल गाउँपालिकाको स्थानिय र वडा सरकारले आलिताल संरक्षणको लागि चाहीने बजेट र आवश्यक सहयोग र समन्वयको लागि पहल गरिरहेको बताए । ताल क्षेत्रमा गाई बस्तु चरि चरन बन्द गरिएको र ताल क्षेत्रमा रहेका स-साना खहरे खोला नियन्त्रणको काम पनि भइरहेको बताउनु भयो ।

आलिताल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादुर बुढा मगर

त्यस्तै कार्यक्रमका अर्का वक्ता जोरायल गाउँपालिका वडा नम्बर २ का ‍अध्यक्ष बिर बहादुर दर्लामीले स्थानियको सहभागितामा ताललाई सुन्दरीकरण गरी आय आर्जन तर्फ उन्मुख गराउनु पर्नेमा जोड दिए ।

जोेरायल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बिर बहादुर दर्लामी

सोही कार्यक्रमको अवसरमा तालको विकास र संरक्षणका लागी सबैको साझा प्रयास आवस्यक रहेको सब-डिभिजन बन कार्याल आलितालका प्रमुख हरीनारायण यादवले बताए । आफुहरुले पनि तालको चौतर्फी बिकासका लागि प्रयास गर्ने उनको भनाई थयो ।

सब डिभिजन बन कार्यालय आलितालका प्रमुख हरीनारायण यादब

आलिताल गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष जला कुमारी बिष्ट बोगटीले तालको ठोस बिकास गरी पर्यटकीय लाभ लिनु पर्नेमा जोड दिईन् । उनले आफुहरु सरकारमा हुदा आलितालको बिकास तथा प्रवर्दनको लागि थुप्रै कामहरु गेरको दावी गरिन् । आफुहरुको सरकार हुदाँका बखतका तालको लागि बनेका विभिन्न गुरु योजनाहरु आगाडी बढाइए पनि अहिलेको सरकारले त्यसलाई निरन्तरता दिन नसकेको बोगटीको आरोप छ ।

पत्रकार बरुण पनेरु

पत्रकार बरुण पनेरु

विश्व सिमसार दिवसको परिचय महत्व बारे पत्रकार बरुण पनेरुले प्रकाश पारेका थिए भने पत्रकार पुस्कर सिंह भण्डारीले कार्यक्रमको संचालन गरेका थिए ।

पत्रकार पुस्कर सिंह भण्डारी

उक्त कार्यक्रममा दुर्गा माध्यमिक विद्यालय आलिताल-८ डोला गौरीशंकर माध्यमिक विद्यालय आलिताल-७, कृष्ण कालिका माध्यमिक विद्यालय आलिताल-४ , सरस्वती माध्यमिक विद्यालय आलिताल-५, बालकण्याण आधारभुत विद्यालय आलिताल-५ , स्यालचौडी माध्यमिक विद्यालय आलिताल-३ सहित विभिन्न संघ संस्थाका पदाधिकारी र बुद्धिजिबि सहित महिला शसक्तिकरण केन्द्रहरुको सहभागिता समेत रहेको थियो ।

सबै सहभागिहरुले आलितालको बिकास र संरक्षणको बिषयलाई लिएर सरोकारवालालाई प्रश्न समेत गरेका थिए । सहभागिहरुले ताल परिसर सरसफाई पनि गरेका थिए ।   

यसअघि आलितालमा पहिलोपटक नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चरा विज्ञ हिरुलाल डगौरासहितको गणकहरुले डिभिजन वन कार्यालय डडेल्धुराको समन्वयमा ताल क्षेत्रमा जलपन्छी गणना गरिएको थियो । ताल क्षेत्रमा ४८ प्रजातिका जलपन्छी देखा परेको चराविज्ञ डगौराले बताएका थिए । उनका अनुसार तालमा मुख्यगरी ठूलो जलेवा, सानो जलेवा, डुबुल्की हाँस, खडखडे हाँस, विश्वमै दुर्लभ मालक हाँसलगायत चराहरु देखिएका छन् । ताल आसपासमा चराहरुको अध्ययन बाँकी रहेको उनको भनाई छ ।

आलितालमा अहिले रैथाने र आगन्तुक जलपन्छीबारे अध्ययन सुरु गरिएको छ । ताल क्षेत्रमा एक वर्षसम्म अध्ययन र अवलोकनपश्चात ताल क्षेत्रमा कुन प्रजातिका कति चराहरु रहेको भन्नेबारे जानकारी हुने उहाँले उल्लेख गर्नुभयो । हाल ताल क्षेत्र र वरिपरिका चराको मात्रै अभिलेख राखिएको उनको भनाइ छ ।

आलिताल समुद्री सतहबाट आठ सय मिटर उचाइमा छ । यस तालको लम्बाइ एक हजार एक सय ७५ मिटर र चौडाइ करिब चार सय मिटर रहेको छ । यहाँ चरा संरक्षण गर्न गाउँपालिकाले एकजना हेरालुको व्यवस्था गरेको छ । चरा अवलोकन गर्न र तालको सौन्दर्य अवलोकन गर्न पर्यटक यहाँ आउने गरेका छन् ।

नेपालको राष्ट्रिय सिमसार नीति, २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो । नेपाल एक पर्वतीय देश भएको र यहाँ जल, जमिन, जङ्गल, वनस्पति एवं खनिज पदार्थजस्ता प्राकृतिक स्रोतहरूको अपार भण्डार रहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये आठ लाख १९ हजार दुई सय ७७ हेक्टर ९करिब पाँच प्रतिशत० सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रहरूमा अन्तराष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र रहेका छन् ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

बैतडीको दशरथचन्द नगरपालिकाको बसमा भेटियो २८ बण्डल अवैध बिडी
Uncategorized

बैतडीको दशरथचन्द नगरपालिकाको बसमा भेटियो २८ बण्डल अवैध बिडी

साउन १७, २०८३
अछामकाे ढकारी गाउँपालिकामा राजेश हमालकाे नाममा १२ लाख भ्रष्टाचार
Uncategorized

अछामकाे ढकारी गाउँपालिकामा राजेश हमालकाे नाममा १२ लाख भ्रष्टाचार

चैत्र ५, २०८२
बैतडीमा जिप खस्यो, ४ जना घाइते‌, एकको अवस्था गम्भिर
Uncategorized

बैतडीमा जिप दुर्घटना हुदाँ २६ बर्षिया चालक केशवसिंह अस्ताए

फाल्गुन १०, २०८२
डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने
Uncategorized

डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने

पुस ८, २०८२
डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने
Uncategorized

डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने

पुस ८, २०८२
पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन
Uncategorized

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन

चैत्र १६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग