धनगढी : कैलालीमा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
घर नजिकैको मोहन्याल सामुदायिक वनमा घाँस काट्न गएकी घोडाघोडी नगरपालिका–१ की ५७ वर्षीया जोगादेवी साउदको रुखबाट खसेर मृत्यु भएको हो ।
सोमवार बेलुका रुखबाट खसेर गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।










