डोटीः डोटी जिल्लाको स्थानीय क्षेत्र बोगटानका बासिन्दाहरू आज पनि सोलार र टुकिको भरमा रात काट्न बाध्य छन्। विद्युत् सेवा नपुगेको यस क्षेत्रमा आधुनिक जीवनशैलीको अनुभव गर्न सक्ने अवस्था अझै बनेको छैन।
डोटी जिल्लाको नौवटै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जडान गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दिपायल शाखाबाट बोगटान राष्ट्रिय प्रसारणमा जोड्ने टेन्डर भयता पनि ठेका भगको लामो समय सम्म कामले गति लिन सकिरहेको छैन।
स्थानीयवासी पदम विश्वकर्माले लामो समयदेखि विद्युत् सुविधा माग गर्दै आए पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नाभएको बताए। सोलारको सीमित उज्यालो र परम्परागत टुकीको भरमा दैनिक जीवन चलाउनु पर्ने बाध्यता रहेको उनले बताएका छन्। ‘विद्युत् सेवा नहुँदा हामीलाई राति बालबालिकाको अध्ययन, कामकाज, र दैनिक जीवनयापनमा धेरै समस्या भइरहेको छ,’ स्थानीय बासिन्दा प्रेम भुलले भने।









