डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ ।
नगरपालिकाले बिहिबार देखी जेष्ठ नागरिकको सहजताका लागि वडा कार्यालयमै बैंक र नगरपलिकाको टोली गएर भत्ता वितरण गरिएको नगर प्रमुख भरत जोशीले बताए ।
हाल सम्म २, ६, ९, र १० नम्बर वडाबाट भत्ता वितरण भैसकेको जोशीले बताए । बाँकी रहेका अन्य वडामा पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य भइरहेको उनको भनाई छ ।
उक्त कार्यलाई आगामी दिनहरुमा प्रमुख प्रथमिकतामा राखेर निरन्तरता दिने मेयर जोशिको दावि छ । 











