डोटीः डोटीमा सुत्केरी हुन नसकेपछि अचेत अबस्थामा रहेकी एक महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ।
जिल्लाको बडिकेदार गाउँपालिका–५ केदारमाण्डौका लक्ष्मण पुन मगरकी २३ वर्षीया श्रीमती बिष्नादेवी पुन मगरको शनिवार हेलिकोप्टरबाट उद्दार गरिएको हो। स्थानीय सामुदायिक स्वास्थ्य ईकाई सिडिखेतमा सुत्केरी हुन नसकेकीउनको नेपाली सेनाको हेलिकोप्टरबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुर्याई उपचार भई रहेको जिल्ला प्रहरी कार्याल डोटीले जनाएको छ।










