• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

सञ्चारकर्मी ऋषि धमलाले बुझाए स्पष्टीकरण

सुदूर लाइभ ✍️ सुदूर लाइभ
चैत्र २४, २०७८
0
सञ्चारकर्मी ऋषि धमलाले बुझाए स्पष्टीकरण
विज्ञापन

काठमाडौँ — हवाई उडानको प्रोटोकल विपरित विमानभित्रै अवाञ्छित गतिविधि गरेको आरोप लागेका सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपाललाई स्पष्टीकरण पत्र बुझाएका छन् । काउन्सिलले मंगलबार धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट नेपाल फर्किने क्रममा धमला अनुमति बिना विमानभित्र प्रधानमन्त्री बस्ने कक्षमा जबर्जस्ती घुस्ने प्रयास गरेका थिए । धमलाले स्पष्टीकरण पत्र बुझाएको र त्यसबारे अध्ययन गरिने काउन्सिलका प्रवक्ता दीपक खनालले जानकारी दिएका छन् । काउन्सिलको टोली सुर्खेतबाट काठमाडौं आइरहेको र काउन्सिलको बैठक बसेर आवश्यक निर्णय गरिने उनको भनाई छ ।

विज्ञापन

गत चैत २० गते प्राइम टिभी र युट्युव च्यानलबाट प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ‘काठमाडौं उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, गरेका थिए । विमान भित्रबाटै प्रत्यक्ष प्रसारण गरेको सामग्रीप्रति काउन्सिलले उनलाई स्पष्टीकरण सोधेको थियो । साथै काउन्सिलले यसअघि नेपाल बार एशोसियसनको बैठकस्थलमा जबर्जस्ती घुसेर धमलाले प्रत्यक्ष प्रशारण गरेको घटनालाई नोटिसमा लिएको काउन्सिलले जनाएको थियो । सञ्चारकर्मी धमलाले आफूले नियतबस काम नगरेको र विमान रोकिएको बेलामा प्रधानमन्त्री बिमानबाट ओर्लिन लागेको भिडियो खिच्न खोजेको बताएका छन् ।

उनले स्पष्टीकरण पत्र बुझाएको बताउँदै भने– ‘मैले स्पष्टीकरण पत्र पठाइसकेको छु, मैले नियतबस त्यस्तो गर्न खोजेको हैन, एउटा पत्रकारको नाताले प्रधानमन्त्री भारत भ्रमणबाट आएपछि उहाँ यसरी विमानबाट ओर्लिदै हुनुहुन्छ भनेर देखाउन खोजेको हो । धमलाले भने, ‘मैले विमान रोकिएर सबै भिआइपीहरु, प्यासेन्जरहरू ओर्लिन लागेपछि काम गरेको हो । प्लेन उढिरहेको बेलामा हैन, प्लेन रोकेको बेला प्रधानमन्त्रीसँग कुरा गर्न पाइने अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै मैले देखाउन खोजेको हो, मान्छेहरुले कुरो नबुझेर मात्रै यस्तो भएको हो ।’ काउन्सिल स्रोतका अनुसार छिटो समाचार दिन खोज्दा गल्ती भएको भन्दै स्पष्टीकरण पत्रमा सञ्चारकर्मी धमलाले आइन्दा त्यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

बैतडीको दशरथचन्द नगरपालिकाको बसमा भेटियो २८ बण्डल अवैध बिडी
Uncategorized

बैतडीको दशरथचन्द नगरपालिकाको बसमा भेटियो २८ बण्डल अवैध बिडी

साउन १७, २०८३
अछामकाे ढकारी गाउँपालिकामा राजेश हमालकाे नाममा १२ लाख भ्रष्टाचार
Uncategorized

अछामकाे ढकारी गाउँपालिकामा राजेश हमालकाे नाममा १२ लाख भ्रष्टाचार

चैत्र ५, २०८२
बैतडीमा जिप खस्यो, ४ जना घाइते‌, एकको अवस्था गम्भिर
Uncategorized

बैतडीमा जिप दुर्घटना हुदाँ २६ बर्षिया चालक केशवसिंह अस्ताए

फाल्गुन १०, २०८२
डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने
Uncategorized

डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने

पुस ८, २०८२
डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने
Uncategorized

डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने

पुस ८, २०८२
पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन
Uncategorized

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन

चैत्र १६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग