• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

इन्स्पेक्टर सुवासलाई एक महिलाको “फिगर” ले कायल बनाए पछि….

सुदूर लाइभ ✍️ सुदूर लाइभ
असार १८, २०८०
0
इन्स्पेक्टर सुवासलाई एक महिलाको “फिगर” ले कायल बनाए पछि….
विज्ञापन

धनगढी: नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) यति बेला आलोचित बनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी निरीक्षक सुवास तिम्सिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्दै म्यासेज लेखेको स्क्रिनसट सार्वजनिक भएसँगै उनी आलोचित बन्न पुगेका हुन् ।

विज्ञापन

स्क्रिनसटमा उल्लेख भएअनुसार राति ११ बजे गरिएको तिम्सिनाले फोटो पठाउन भनेका छन् । ‘ट्रस्ट मी, इट्स विट्विन अस (विश्वास गर, यो दुईजनाबीच मात्र रहनेछ)’ उनले भनेका छन् । जवाफमा पीडितले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेकी छन् ।

पीडितले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेकी छन् ।
‘आई ह्याभ ड्यू रेस्पेक्ट टुवार्डस् यू’ भन्दै उनले फेरि फोटो पठाउन भनेका छन् । जवाफमा पीडितले ‘म कसरी विश्वास गर्नसक्छु, अहिलेसम्म भेट पनि भएको छैन’ भनेकी छन् । तिम्सिनाले आफ्नो ‘क्लासले पनि नराम्रो गर्न नदिने’ भन्दै उनलाई फोटो पठाउन दबाब दिएको देखिन्छ ।

तिम्सिनाले फेरि तिमी भिडियो कलमा सहज महसुस गर्छौं भन्दै प्रश्न गरेका छन् । पीडितले ट्वीटरमा नयाँ आईडी खोलेर यो स्क्रीनसटको विवरण पोष्ट गर्दै सञ्चारमाध्यम र प्रहरी प्रधान कार्यालय, नक्सालको ट्वीटर ह्याण्डललाई मेन्सन गरेकी छन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले सामाजिक सञ्जालमा आएको विषय आफ्नो नोटिसमा आइसकेको बताए । उनले अनलाइनखबरसँग भने, ‘मैले यस विषयमा सत्यतथ्य बुझेर छानबिन गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, कास्कीलाई भनिसकेको छु ।’

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी अजय केसीले घटनाबारे जानकारी पाएलगत्तै छानबिन समिति गठन गरिएको बताए । उनले भने, ‘जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत डीएसपी श्रवणकुमार बिकको नेतृत्वमा समिति गठन गरेर छानबिन थालेका छौं, के भएको हो, समितिले दिने निष्कर्षका आधारमा अघि बढ्छौं ।’

आरोपी तिम्सिनाले चाहिँ सार्वजनिक स्क्रीन सटमा देखिएको आईडी आफूले चलाउने नगरेको जिकिर गरेका छन् ।

‘म वैशाख, जेठतिर तालिममा काठमाडौं गएको थिएँ, त्यतिबेलादेखि बन्द आईडी मैले अहिलेसम्म चलाएको छैन’, उनले भने, ‘बाहिर आएपछि कोसँग कुरा गरेको होला भनेर हेर्दा त्यो पनि थाहा हुने खालको छैन ।’ यो विषयबारे थाहा पाएपछि सोमबार आफूले छानबिन गरिदिन साइबर ब्यूरोलाई निवेदन दिएको समेत उनले बताए ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते
देश/राष्ट्रिय

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते

अशोज १७, २०८३
त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु
देश/राष्ट्रिय

त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु

अशोज ६, २०८३
रसुवा बाढीः डडेल्धुराका १७ जना अझै बेपत्ता, ६ जना आए सम्पर्कमा
देश/राष्ट्रिय

बाढीमा ज्यान गुमाएको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

भदौ २२, २०८३
इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ
देश/राष्ट्रिय

इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ

भदौ २१, २०८३
बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
देश/राष्ट्रिय

बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

भदौ १४, २०८३
बाल यौन दुर्व्यवहार गरेको आरोपमा आलितालबाट २६ बर्षिया युवक पक्राउ
देश/राष्ट्रिय

‘जेनजी’ आन्दोलनमा फरार २१ बर्षिया कैदी ६१ वर्षीया महिलालाई बलात्कार आरोपमा पक्राउ

भदौ ९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग