• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन, २८ साउनमा स्वदेश फर्किने

सुदूर लाइभ ✍️ सुदूर लाइभ
साउन २३, २०८३
0
पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ तिर लागे
विज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । उनी २८ साउनमा स्वदेश फर्किने भएका छन् ।

विज्ञापन

कांग्रेस नेता डा. प्रकाशशरण महतले पूर्वसभापति देउवा नेपाल फर्किने समय परिवर्तन भएको जानकारी दिए । उनका अनुसार पूर्वप्रधानमन्त्री देउवा आगामी बिहीबार (साउन २८ गते) मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने भएका छन् ।कांग्रेस संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले पनि पूर्वसभापति देउवाको स्वदेश फर्किने समय परिवर्तन भएको बताए । उनले आगामी बिहीबार साढे १२ बजे थाई एयरबाट देउवा स्वदेश फर्किने तय भएको जानकारी दिए ।

यसअघि नेता महतले पूर्वसभापति देउवा २६ साउन राति ९:४५ बजे स्वदेश फर्किने जानकारी दिएका थिए । नेता विश्वकर्माले राति काठमाडौं अवतरण हुँदा स्वागत गर्न असहज हुने भएकाले समय परिवर्तन गरिएको बताए ।

‘फ्लाइट २६ गते राति थियो । राति नआउनुस् । हामीले स्वागत गर्न पाउनुपर्‍यो भन्यौं,’ उनले अनलाइनखबरसँग भने, ‘अनि डेट सरेको हो । समय पनि दिउँसो भयो ।’

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

कांग्रेसको संस्थापन इतर समूहले २९ साउनदेखि काठमाडौंमा आयोजना हुन गइरहेको राष्ट्रिय भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने बताएको छ । उक्त समूहले भेलाको तयारीका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते
देश/राष्ट्रिय

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते

अशोज १७, २०८३
‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर
राजनीति

‘४० वर्ष देउवा दाइलाई नेता मान्यौँ’– नैनसिंह महर

अशोज १०, २०८३
देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी
राजनीति

देउवा पक्षले सुदूरका ८ जिल्लामा तोक्यो संयोजक, डडेल्धुरामा डिल्लिराज जोशीलाई जिम्मेवारी

अशोज ८, २०८३
कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित
चुनाव

कांग्रेसको परशुराम नगर सभापतिमा युवा नेता खगेन्द्रसिंह निर्वाचित

अशोज ७, २०८३
त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु
देश/राष्ट्रिय

त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु

अशोज ६, २०८३
साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’
राजनीति

साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’

अशोज २, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग