• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

सद्भाव कायम राख्न मधेशवादी नेताको सामूहिक अपिल, प्रधानमन्त्रीको मौनता र गृहमन्त्रीको गतिविधि शंकास्पद

सुदूर लाइभ ✍️ सुदूर लाइभ
साउन १४, २०८३
0
सद्भाव कायम राख्न मधेशवादी नेताको सामूहिक अपिल, प्रधानमन्त्रीको मौनता र गृहमन्त्रीको गतिविधि शंकास्पद
विज्ञापन

काठमाडौं । मधेशवादी नेताहरुले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष तथा पारदर्शी छानबिन गरी पीडितलाई न्याय दिन सरकारसँग माग गरेको छ।

विज्ञापन

नेताहरुले सामूहिक रुपमा वक्तव्य जारी गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र निःशुल्क उपचार तथा आवश्यक राहतको व्यवस्था गर्न माग गरेका छन्।

साम्प्रदायिक तनावजस्तो संवेदनशील अवस्थामा राज्यका निकायले संयम, निष्पक्षता र कानुनी मर्यादाभित्र रहेर काम गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन्।

घटनापछि भएको प्रहरी हस्तक्षेप र बल प्रयोगका विषयमा गम्भीर प्रश्न उठेकाले यसको सत्यतथ्य निष्पक्ष र पारदर्शी रूपमा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

प्रधानमन्त्रीले तत्काल राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकलाई शान्ति, सद्भाव, न्याय र कानुनी शासनप्रति आश्वस्त पार्नुपर्ने नेताहरुको निष्कर्ष छ।

त्यस्तै, घटनामा मृत्यु भएका व्यक्तिलाई राज्यले तत्काल सहिद घोषणा गरी उचित क्षतिपूर्ति, परिवारका सदस्यका लागि रोजगारी तथा आवश्यक सामाजिक सुरक्षा उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

घटनामा कुनै बाह्य तत्व, रोहिङ्गिया वा अन्य संगठित समूहको संलग्नता भए–नभएको विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताउँदै अफवाहका आधारमा नभई तथ्यका आधारमा सत्य सार्वजनिक गर्न आग्रह गरिएको छ।

त्यसैगरी, घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीले आवश्यक कदम चाल्नुपर्ने र दमनमा संलग्न भएको आरोप लागेका प्रहरी तथा प्रशासनिक अधिकारीलाई छानबिन अवधिसम्म निलम्बन गरी सुरक्षा व्यवस्थाको कमजोरी तथा बल प्रयोगको औचित्यमाथि अनुसन्धान गर्न माग गरिएको छ।

मधेसका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा दोहोरिँदै आएका तनावपूर्ण घटनाले मधेसलाई योजनाबद्ध रूपमा अस्थिर बनाउने प्रयास भइरहेको हो कि भन्ने आशंका बढेको भन्दै त्यसबारे समेत राज्यले निष्पक्ष अनुसन्धान गरी सत्य सार्वजनिक गर्नुपर्ने नेताहरुको माग छ।

उनीहरुले सम्पूर्ण घटनाको सत्यतथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन्।

साथै, सम्पूर्ण नागरिकलाई संयम, धैर्यता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै कुनै पनि अफवाह, घृणा र उत्तेजनाले समाजलाई थप विभाजित बनाउनेमा सतर्क गराएका छन्।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते
देश/राष्ट्रिय

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते

अशोज १७, २०८३
त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु
देश/राष्ट्रिय

त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु

अशोज ६, २०८३
रसुवा बाढीः डडेल्धुराका १७ जना अझै बेपत्ता, ६ जना आए सम्पर्कमा
देश/राष्ट्रिय

बाढीमा ज्यान गुमाएको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

भदौ २२, २०८३
इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ
देश/राष्ट्रिय

इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ

भदौ २१, २०८३
बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
देश/राष्ट्रिय

बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

भदौ १४, २०८३
बाल यौन दुर्व्यवहार गरेको आरोपमा आलितालबाट २६ बर्षिया युवक पक्राउ
देश/राष्ट्रिय

‘जेनजी’ आन्दोलनमा फरार २१ बर्षिया कैदी ६१ वर्षीया महिलालाई बलात्कार आरोपमा पक्राउ

भदौ ९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग