• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

फूलासीबाट फिनालेसम्म : मिसेस नेपाल वर्ल्डकी प्रतिस्पर्धी चौहान उद्यम र नेतृत्वको पहिचान बन्दै

सुदूर लाइभ ✍️ सुदूर लाइभ
कार्तिक २६, २०८२
0
फूलासीबाट फिनालेसम्म : मिसेस नेपाल वर्ल्डकी प्रतिस्पर्धी चौहान उद्यम र नेतृत्वको पहिचान बन्दै
विज्ञापन

काठमाडौँ: मिसेस नेपाल वर्ल्ड २०२५ का चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान । रामेछापको विकट गाउँ फूलासीमा जन्मिएकी उनी अहिले केवल प्रतिस्पर्धी मात्र होइन, महिला नेतृत्व र उद्यमशीलताको उदाहरणका रूपमा चिनिँदै गएकी छन्।

विज्ञापन

शिक्षाले नर्स भएता पनि चौहान पारिवारिक व्यवसाय भवानी ग्रुपको नेतृत्वमा ३० वर्षको उमेरमै स्थापित व्यवसायी हुन्। उनका अनुसार संस्थाले हाल तीन हजारभन्दा बढी युवालाई रोजगारी प्रदान गरेको छ। घरेलु उद्यम विस्तार र रोजगारी सिर्जनामा दिँदै आएको योगदानका कारण उनी युवा महिला उद्यमीको प्रतिनिधि स्वरूप स्थापित हुँदै गएकी छन्।

 

प्रतियोगितामा सहभागी हुन पाएको अनुभवबारे बोल्दै चौहानले भनिन्, “मिसेस नेपाल वर्ल्ड प्रतिस्पर्धा मेरो लागि केवल सौन्दर्य प्रतियोगिता होइन, आत्मपहिचान र सिकाइको यात्रा हो। हार–जित प्रतिस्पर्धाको सामान्य प्रक्रिया हो। तर, यसले दिएको दृष्टिकोण र सिकाइले मलाई अझ तयार बनाएको छ।”

 

उनले परिवार, व्यवसाय र सामाजिक संलग्नता बीच सन्तुलन राख्दै महिलाको भूमिका घर–परिवारमा मात्र सीमित नहुने स्पष्ट सन्देश दिएको पाइएको छ। चौहानका अनुसार, प्रतियोगितामा सहभागी हुन श्रीमान भवानी ओझा र परिवारको प्रोत्साहन सबैभन्दा ठूलो आधार बनेको छ।

 

मिसेस नेपाल वर्ल्ड २०२५ को ग्रान्ड फिनाले कात्तिक २९ गते काठमाडौँको महेन्द्र पुलिस क्लबमा आयोजना हुँदैछ। फाइनल चरणमा प्रवेश गरेसँगै चौहान हाल तयारी तीव्र बनाउँदैछिन्।

 

विशेषज्ञहरूको मूल्यांकनमा चौहान जस्ता युवा प्रतिभाले नेपाली समाजमा महिला नेतृत्व, उद्यमशीलता र सामाजिक उत्तरदायित्वका विषयलाई सार्वजनिक बहसमा ल्याउन भूमिका खेलेका छन्। ग्रामीण क्षेत्रमा जन्मिएर व्यवसायिक तथा सामाजिक क्षेत्रसम्मको उनको यात्रा धेरै महिला र युवाका लागि प्रेरणास्रोत मानिन्छ।

फूलासीको साधारण परिवेशबाट सुरु भएको बिध्या चौहानको जीवनयात्रा आज राष्ट्रिय स्तरको प्रतिस्पर्धासम्म आइपुगेको छ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

पहिलो प्रेम किन जीवनभर भुल्न सकिँदैन ? यस्तो रहेछ यसको मनोविज्ञान !
फ्ल्यास

पहिलो प्रेम किन जीवनभर भुल्न सकिँदैन ? यस्तो रहेछ यसको मनोविज्ञान !

अशोज ८, २०८३
२७ वर्षमै इतिहास रचेर अमर बनेका शहिद भिमदत्त पन्तको आज ७४ औं स्मृति दिवस
देश/राष्ट्रिय

२७ वर्षमै इतिहास रचेर अमर बनेका शहिद भिमदत्त पन्तको आज ७४ औं स्मृति दिवस

साउन १७, २०८३
नवविवाहित पूजा धानुक मृत्यु प्रकरणः श्रीमानसहित पाँच जना पक्राउ
विशेष

पुजा मृत्यु प्रकरणः ६ दिन सम्म भएन दाहसंस्कार, न्यायको माग गर्दै सडक आन्दोलनमा माइतिपक्ष

साउन १६, २०८३
बहुमत गुमाएका शाहले सत्ता नछाड्दा भट्टलाई तनाव, मुख्यमन्त्री बन्ने बाटोमा फेरी तगारो
विशेष

बहुमत गुमाएका शाहले सत्ता नछाड्दा भट्टलाई तनाव, मुख्यमन्त्री बन्ने बाटोमा फेरी तगारो

साउन १५, २०८३
मस्तिष्कलाई क्षति पुर्‍याउँछन् हाम्रा यी ५ बानीले
विशेष

मस्तिष्कलाई क्षति पुर्‍याउँछन् हाम्रा यी ५ बानीले

साउन ९, २०८१
डडेल्धुराको आलितालमा ६ दिनदेखि एक महिला बेपत्ता
विशेष

डडेल्धुराको आलितालमा ६ दिनदेखि एक महिला बेपत्ता

फाल्गुन २०, २०८०

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग