साउन १६, धनगढीः धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको शवको ६ दिन बिति सक्दासमेत अन्तिम दाहसंस्कार हुन सकेको छैन । ‘माइतिपक्षको अवरोधका कारण शवको अन्तिम दाहसंस्कार गर्न सकिएको छैन।’ अहिले मृतक पुजाको शव सेति अस्पतालमा राखिएको पुजाका परिवारका एक सदस्यले सुदूर लाइभलाई बताए।
११ साउन साँझ ६ बजे धानुक घरको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । सिलिङ पंखामा झुन्डिएको पासो खोलि उनलाई श्रीमान भरत धामीले उपचारका लागि नवजीवन अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि पूजाका बुवाले श्रीमानसहित परिवारका सदस्यविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले श्रीमान धामीसहित पाँच जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ पर्नेमा उनका बाजे–बज्यै, फुपू र बहिनी रहेका छन् ।
माइति पक्ष र आफन्त न्यायको माग राखि सडक आन्दोलनमा
शुक्रबार मृतक पूजा धानुकको न्यायको माग गर्दै उनका माइति परिवार तथा आफन्तले बिरोध जनाएका छन्। उनीहरुले विभिन्न सरकारी कार्यालय र अस्पताल अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्।
मृतक पूजा धानुक धामीकी आमा पार्वती धानुकले निश्चपक्ष अनुसन्धानको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीको मुख्य गेट अगाडि विरोध प्रदर्शन गरिएका हुन् । प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नारा लेखिएका ब्यानर तथा पम्प्लेट बोकेर न्यायको माग गरेका छन्।
प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय कैलाली, सेती प्रादेशिक अस्पताल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र उत्तरबेहडीस्थित नवजीवन अस्पताल अगाडि समेत क्रमिक रूपमा प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
पूजाको भाइती घर कञ्चनपुरको बेदकोट नगरपालिका–१, हात्तीथला हो । उनले प्रेम सम्बन्धपछि गत मंसिरमा धनगढीका भरत धामीसँग विवाह गरेकी थिइन् । विवाह भएको नौ महिना नपुग्दै उनको मृत्यु भएको हो ।
के गार्दैछ प्रहरी
जिल्ला प्रहरी कार्यालय कैलालीले मृतकका वुवाले दिएको किटानी जाहेरीका आधारमा पुजाका श्रीमानसहित पाँचजनालाई पक्राउ गरेको छ। उनिहरुलाई जिल्ला अदालत कैलालीबाट थप ५ दिनको म्याद थपि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कैलाश बिष्टले बताए । उनले भने ूअहिले हामि अनुसन्धानको प्ररम्भिक चरणमा छौ, बयान लिने काम भइरहेको छ, पाँचै जनाको प्रारम्भिक बयानमा मृत्युबारे थप केही कुरा खुलेको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको अनुसन्धानमा थप सहयोग पुग्ने प्रहरी निरीक्षक बिष्ट बताउछन् ।










