• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

निभा शाहकाे बहुचर्चित कविता : ‘मनसरा’

सुदूर लाइभ ✍️ सुदूर लाइभ
जेष्ठ २६, २०८१
0
निभा शाहकाे बहुचर्चित कविता : ‘मनसरा’
विज्ञापन

निभा शाहकाे बहुचर्चित कविता : ‘मनसरा

विज्ञापन

मनसरा
पसिना बगेर
दुनियाँ बदलिने भए
भरियाको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा ।

रगत बगेर
दुनियाँ बदलिने भए
जनताको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा ।

जब कि मनसरा !
रगत–पसिनाले नै
दुनियाँ बदलिने हो
रगत–पसिनाले नै
नबदलिएको दुनियाँ
किन बदलिएन ?
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।

आफूले चिरेको दाउरा
अरूले नै बालेपछि
आगो आफ्नो हुँदैन मनसरा
आगो आफ्नो नहुनेको
उज्यालो आफ्नो हुँदैन मनसरा
उज्यालो आफ्नो नहुनेको
दुनियाँ बदलिदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।

आफूले खोरिया खनेको खेत
अरूकै नाममा दर्ता भएपछि
माटो आफ्नो हुँदैन मनसरा
माटो आफ्नो नहुनेको
पेटभरि अन्न हुँदैन मनसरा
पेटभरि अन्न नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।

आफूले बोकेको बन्दुक
अरूले नै कासन गरेपछि
सत्ता आफ्नो हुँदैन मनसरा
सत्ता आफ्नो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।
आगोको आवाज सुन मनसरा ।

भिडियो :

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

पहिलो प्रेम किन जीवनभर भुल्न सकिँदैन ? यस्तो रहेछ यसको मनोविज्ञान !
फ्ल्यास

पहिलो प्रेम किन जीवनभर भुल्न सकिँदैन ? यस्तो रहेछ यसको मनोविज्ञान !

अशोज ८, २०८३
निद्रामा मस्त रहँदा पनि चरा किन रुखबाट खस्दैन ?
देश/राष्ट्रिय

निद्रामा मस्त रहँदा पनि चरा किन रुखबाट खस्दैन ?

साउन १७, २०८३
चर्चित गायिका मेलिना राईको स्वरमा ‘मायाको डोरी’ सार्वजनिक
मनाेरञ्जन

चर्चित गायिका मेलिना राईको स्वरमा ‘मायाको डोरी’ सार्वजनिक

चैत्र १८, २०८२
सपनामा अपरिचित पुरुष वा महिलासँग शारीरिक सम्बन्ध राख्दा के हुन्छ, जान्नुहोस्  ?
मनाेरञ्जन

सपनामा अपरिचित पुरुष वा महिलासँग शारीरिक सम्बन्ध राख्दा के हुन्छ, जान्नुहोस् ?

साउन २७, २०८१
दिनेश भट्ट ‘भाबुक’ को गजल : तिम्रो नशा चढेछ मलाई…
मनाेरञ्जन

दिनेश भट्ट ‘भाबुक’ को गजल : तिम्रो नशा चढेछ मलाई…

मंसिर १३, २०८०
युगौं युगसम्म…
मनाेरञ्जन

युगौं युगसम्म…

पुस १८, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग