तिम्रो नशा चढेछ मलाई जहरको के कुरा ।
साथमा तिमी छौं अनि रहरको के कुरा।।
बजारमा हजार छन हजारौंमा तिमी छौं ।
क्षितिज पारी झिलिमिली सहरको के कुरा ।।
पुर्खौ देखि संगै रहेको इतिहास सुनायौ ।
हाम्रो सामु मौलाएका पिपल बरको के कुरा ।।
जस्तै लेखे पनि मैले गजल सुनी सुनिदिन्छिन ।
त्यसैले मलाई छन्द अनि बहरको के कुरा ।।
प्रिय तिम्रो दिलको सिचाइ गर्न मैले पनि ।
सागर ल्याउन सक्छु जाबो नहरको के कुरा ।।










