• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

रास्वपालाई मतदान गर्नेहरूमा ‘भेडोपन’ देखियो : संग्रौला

सुदूर लाइभ ✍️ सुदूर लाइभ
साउन १६, २०८३
0
रास्वपालाई मतदान गर्नेहरूमा ‘भेडोपन’ देखियो : संग्रौला
विज्ञापन

काठमाडौं । साहित्यकार खगेन्द्र संग्रौलाले नेपाली समाजमा विवेकभन्दा भीडको मनोविज्ञान हाबी हुने प्रवृत्ति रहेको टिप्पणी गरेका छन्।

विज्ञापन

‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा बोल्दै उनले गत फागुन २१ को संसदीय निर्वाचनपछि चितवनदेखि नवलपरासीसम्म मतदातासँग गरिएको संवादमा धेरैले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’मा मतदान गरेको बताए पनि उम्मेदवारका रूपमा बालेन्द्र शाह (बालेन) रहेको ठानेको अनुभव सुनाए। उम्मेदवारबारे जानकारी नलिई मतदान गर्ने यस्तो प्रवृत्तिलाई उनले गणेशमान सिंहले प्रयोग गरेको ‘भेडोपन’सँग तुलना गरे।

संग्रौलाले पहिलो संविधानसभा निर्वाचनमा माओवादीको पक्षमा देखिएको लहर र दोस्रो निर्वाचनमा त्यो एकाएक हराएको उदाहरण दिँदै नेपाली समाजमा तार्किक निर्णयको अभाव रहेको बताए। उनका अनुसार प्रभावशाली वक्तृत्व, आकर्षक एजेण्डा र जनतालाई प्रभावित गर्ने क्षमता भएका नेताले भीडलाई आफ्नो पक्षमा आकर्षित गर्न सक्छन्।

उनले मदन भण्डारीलाई करिश्माई नेताका रूपमा स्मरण गर्दै रवि लामिछानेले पनि यथार्थ र भ्रमको मिश्रणमार्फत ठूलो जनसमर्थन जुटाएको बताए। तर नागरिकता तथा राहदानीसम्बन्धी कानुनी विवादका कारण उनी कार्यकारी नेतृत्वमा पुग्न नसकेको र त्यसपछि बालेन्द्र शाह वैकल्पिक पात्रका रूपमा अगाडि आएको उनको भनाइ थियो।

संग्रौलाले नेपाली समाजले विवेकपूर्ण र तार्किक निर्णय लिन नसकेसम्म देशको राजनीतिक संस्कृतिमा अपेक्षित परिवर्तन आउन कठिन हुने धारणा व्यक्त गरे।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते
देश/राष्ट्रिय

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते

अशोज १७, २०८३
त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु
देश/राष्ट्रिय

त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु

अशोज ६, २०८३
साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’
राजनीति

साँउदलाई ऐरको कटाक्ष- ‘तपाईंको राजनीतिक यात्रामा खटिएँ, पुरस्कारमा क्रियाशील सदस्यता रद्द पाएँ’

अशोज २, २०८३
रसुवा बाढीः डडेल्धुराका १७ जना अझै बेपत्ता, ६ जना आए सम्पर्कमा
देश/राष्ट्रिय

बाढीमा ज्यान गुमाएको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

भदौ २२, २०८३
इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ
देश/राष्ट्रिय

इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ

भदौ २१, २०८३
डडेल्धुराको खेल क्षेत्र चलायमान बनाउँछौँ : अध्यक्ष ऐर
राजनीति

राजनीतिलाई पेसा बनाएर जनतालाई झुक्याउनेविरुद्ध आगामी चुनाबमा युवा उम्मेदवार बन्नुपर्छ : जगत ऐर

भदौ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग