• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

सुदूर लाइभ ✍️ सुदूर लाइभ
जेष्ठ २४, २०८१
0
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
विज्ञापन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

विज्ञापन

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गर्नुभएको हो ।

त्यस अवसरमा उहाँहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा सङ्क्षिप्त कुराकानी भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ । “प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । वहाँको न्यानो शुभकामनाको लागि वहाँलाई धन्यवाद व्यक्त गरेँ ।

भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,” प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु
अन्तराष्ट्रिय

शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु

भदौ ५, २०८३
मोदीको भिडियो हटाएको विवादमा झुके जुकरबर्ग, मागे माफी
अन्तराष्ट्रिय

मोदीको भिडियो हटाएको विवादमा झुके जुकरबर्ग, मागे माफी

साउन २०, २०८३
लिपुलेक मुद्दामा भारतको प्रतिक्रिया– नेपालको दाबी आधारहीन
अन्तराष्ट्रिय

लिपुलेक मुद्दामा भारतको प्रतिक्रिया– नेपालको दाबी आधारहीन

बैशाख २१, २०८३
उत्तराखण्डमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता
अन्तराष्ट्रिय

उत्तराखण्डमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

भदौ १८, २०८२
१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा
अन्तराष्ट्रिय

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

बैशाख १९, २०८२
भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो
अन्तराष्ट्रिय

भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो

बैशाख १९, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग