• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

मोदीको भिडियो हटाएको विवादमा झुके जुकरबर्ग, मागे माफी

सुदूर लाइभ ✍️ सुदूर लाइभ
साउन २०, २०८३
0
मोदीको भिडियो हटाएको विवादमा झुके जुकरबर्ग, मागे माफी
विज्ञापन

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक सामग्रीसँग सम्बन्धित विवादमा मेटाका प्रमुख मार्क जुकरबर्गले माफी मागेका छन्। समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

यसअघि बुधबार भारतीय संसद्को एक समितिले जुकरबर्गलाई तीन दिनभित्र बिनाशर्त माफी माग्न निर्देशन दिएको थियो। समितिले तोकिएको समयभित्र माफी नमागे मेटाले भारतमा सूचना प्रविधि (आईटी) कानुनअन्तर्गत पाउँदै आएको कानुनी सुरक्षा तथा केही छुट फिर्ता लिन सकिने चेतावनी पनि दिएको थियो। यही विषयमा भारतको सूचना प्रविधि मन्त्रालय र मेटाका अधिकारीबीच दुई दिनदेखि दिल्लीमा बैठक भइरहेको छ। सरकारले मेटाको विश्वव्यापी टोलीलाई दिल्ली बोलाएको हो। बैठकको पहिलो दिन अगस्ट ५ मा भएको थियो।

प्रधानमन्त्री मोदीले गत जुलाई २३ मा फेसबुक र इन्स्टाग्राममा युवालाई सम्बोधन गर्दै भिडियो सार्वजनिक गरेका थिए। भिडियोमा उनले प्रश्नपत्र चुहावट (पेपर लिक) लाई गम्भीर समस्या भन्दै यस्ता मुद्दाको छिटो सुनुवाइका लागि फास्ट ट्र्याक अदालत गठन गर्नुपर्ने बताएका थिए।

तर उक्त भिडियो केही समयका लागि फेसबुकबाट हटाइएको थियो। तर पछि मेटाले भिडियो पुनः फेसबुकमा उपलब्ध गराउँदै प्राविधिक त्रुटिका कारण हटेको दाबी गरेको थियो।

यसैबीच मेटाका प्रमुख ग्लोबल अफेयर्स अधिकृत जोएल काप्लानको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीले भारतको सूचना प्रविधि मन्त्रालयका सचिव एस. कृष्णनसँग भेट गरेको छ।किन तानियो मेटालाई?

सूचना प्रविधि मन्त्रालयका अनुसार बैठकमा मेटाले भारतीय कानुनको पालना कति प्रभावकारी रूपमा गरिरहेको छ भन्ने विषयमा समीक्षा भइरहेको छ। यसका साथै, भीआईपी खाताको सुरक्षा प्रणाली किन असफल भयो, ह्वाट्सएपको ‘युजरनेम’ नीति र इन्स्टाग्राममा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री (सीएसएम) को उपस्थितिबारे पनि मेटासँग स्पष्टीकरण मागिएको छ।

विवाद कसरी सुरू भयो?

जुलाई २३ मा प्रधानमन्त्री मोदीले इन्स्टाग्राम र फेसबुकमा पोस्ट गरेको भिडियो केही समयपछि मेटाले हटाएको थियो। त्यसपछि भिडियो पुनः फर्काउँदै कम्पनीले यो प्राविधिक समस्या भएको र कुनै नीतिगत वा जानाजानी गरिएको निर्णय नभएको स्पष्ट पारेको थियो।

तर भारतको सूचना प्रविधि मन्त्रालयले मेटाको यो स्पष्टीकरणलाई सन्तोषजनक नभएको जनाएको थियो ।

सूचना प्रविधि सचिव एस. कृष्णनले मेटा विश्वकै ठूलो प्रविधि कम्पनीमध्ये एक भएकाले यस्ता गल्ती दोहोरिन नहुने गरी प्रणाली बलियो हुनुपर्ने बताएका छन्।

यसका साथै, भारतीय कानुनप्रति कम्पनीको प्रतिबद्धता र त्यसको कार्यान्वयनबारे सरकार स्पष्ट हुन चाहेको उनले बताएका छन्।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु
अन्तराष्ट्रिय

शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु

भदौ ५, २०८३
लिपुलेक मुद्दामा भारतको प्रतिक्रिया– नेपालको दाबी आधारहीन
अन्तराष्ट्रिय

लिपुलेक मुद्दामा भारतको प्रतिक्रिया– नेपालको दाबी आधारहीन

बैशाख २१, २०८३
उत्तराखण्डमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता
अन्तराष्ट्रिय

उत्तराखण्डमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

भदौ १८, २०८२
१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा
अन्तराष्ट्रिय

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

बैशाख १९, २०८२
भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो
अन्तराष्ट्रिय

भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो

बैशाख १९, २०८२
भारतको किट कलेजमा मृत भेटिइन् अर्की नेपाली छात्रा
अन्तराष्ट्रिय

भारतको किट कलेजमा मृत भेटिइन् अर्की नेपाली छात्रा

बैशाख १९, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग