एजेन्सी । रुसले ‘ब्ल्याक सी’बाट खाद्यान्न निर्यात प्रतिबन्ध लगाएपछि विश्वभर मकै र गहुँको मूल्य बढेको छ । यसअघि युद्धका बीच रुसले ‘ब्ल्याक सी’बाट खाद्यान्न निर्यातमा रोक लगाएको थिएन । युक्रनेले ब्ल्याक सी हुँदै विश्वभर खाद्यान्न निर्यात गर्दै आइरहेको थियो ।
तर, रुसले युक्रनेबाट हुने सम्पूर्ण खाद्यान्नको निर्यात रोकेपछि भने विश्वभर खाद्यान्नको मूल्य बढ्ने र अभाव चुलिने भएको छ । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार रुसको यो कदमबाट विश्वभरका लाखौं मानिसलाई प्रभाव पर्ने छ ।
‘रुसको पछिल्लो निर्णयबाट विश्वभर खाद्य संकट सुरु हुने र लाखौं मानिस प्रभावित बन्छन्,’ अमेरिकाको राष्ट्रिय सुरक्षा काउन्सिका प्रवक्ता आदम होड्गले भने । रुसको उक्त निर्णयसँगै अमेरिकी बजारमा समेत गहुँको मूल्य २.७ प्रतिशतले बढेको छ । यस्तै, मर्कैको मूल्य ०.९४ प्रतिशतले बढेको छ ।










