• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

चीनले रूसलाई हतियार उपलब्ध गराए विश्वयुद्ध हुन सक्ने युक्रेनी राष्ट्रपतिको चेतावनी

सुदूर लाइभ ✍️ सुदूर लाइभ
फाल्गुन ९, २०७९
0
चीनले रूसलाई हतियार उपलब्ध गराए विश्वयुद्ध हुन सक्ने युक्रेनी राष्ट्रपतिको चेतावनी
विज्ञापन

काठ्माण्डौ :

विज्ञापन

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रूसलाई हतियार उपलब्ध नगराउन चीनलाई सचेत गराएका छन्। सोमबार एक अखबारलाई अन्तर्वार्ता दिने क्रममा जेलेन्स्कीले चीनले रूसलाई हातहतियार उपलब्ध गराएमा विश्वयुद्ध हुन सक्ने चेतावनी दिएका हुन्।

एक वर्षअघि सुरू भएको रूस(युक्रेन युद्ध जारी छ। यो युद्धमा चीनले रूसलाई सहयोग गरिरहे र हतियार उपलब्ध गराए विश्वयुद्ध हुनसक्ने भन्दै जेलेन्स्कीले सचेत गराएका साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।

गत शनिबार अमेरिकी विदेशमन्त्रीले उनका चिनियाँ समकक्षीलाई युक्रेनसँगको युद्धमा बेइजिङले रूसलाई हतियार उपलब्ध नगराउन सचेत गराएका थिए। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसलाई हतियार र सरसामान उपलब्ध गराउँदाको नतिजा के हुनेछ भनेर चिनियाँ उच्च कूटनीतिज्ञ वाङ यीलाई सचेत गराएका हुन्।

अमेरिकी विदेशमन्त्री एन्टोनीको भनाइपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चीनलाई सचेत गराएका हुन्।

चीनले रूसलाई युद्धमा सहयोग नगर्नु हाम्रा लागि ज्यादै महत्त्वपूर्ण छ, जेलेन्स्कीले जर्मन डेली डाइ वेल्ट अखबारलाई भने, वास्तवमा म चीन हाम्रो पक्षमा होस् भन्ने चाहन्छु। तर अहिलेको समयमा मलाई यो सम्भव हुन्छ भन्ने चाहिँ लाग्दैन।

उनले थपे, ुयहाँ के भइरहेको छ भन्नेबारे चीनले संवेदनशील भएर मूल्यांकन गर्ने अवसर पनि म देख्छु। किनकी यदि चीन रूससँग मिल्यो भने विश्व युद्ध हुनेछ। र, चीनलाई पनि यो कुरा थाहा छ भन्ने मलाई लाग्छ।

सोमबार दिउँसो जेलेन्स्कीको भेट अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको थियो। बाइडेन अचानक युक्रेनको राजधानी किभ पुगेका थिए।

रूसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्न लाग्दा राष्ट्रपति बाइडेनले किभ भ्रमण गरेका हुन्।

किभ पुगेपछि ट्विट गर्दै बाइडेन युक्रेनको प्रजातन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको अमेरिकाको पूर्ण प्रतिबद्धता व्यक्त गर्न रूसी आक्रमणको एक वर्ष पुग्न लाग्दा आफूले आज युक्रेनको भ्रमण गरेको बताएका छन्।

एक वर्षअघि युक्रेनमाथि आक्रमण गर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सजिलै युद्ध जित्ने सोचे पनि त्यस्तो हुन नसकेको बाइडेनले उल्लेख गरेका छन्।

झन्डै एक वर्षअघि यो अतिक्रमण सुरू गर्दा पुटिनले युक्रेन कमजोर छ, पश्चिमाहरू विभाजित छन् भन्ने सोचेका थिए। उनले हामीलाई हराउने सोचेका थिए तर उनी पूरै गलत थिए, बाइडेनले भनेका छन्।

द न्युयोर्क टाइम्सका अनुसार बाइडेन सोमबार युक्रेनसँग जोडिएको पोल्यान्डको सीमाबाट रेल चढेर किभ पुगेका हुन्। सुरक्षाका कारण उनको भ्रमण गोप्य राखिएको थियो। ह्वाइट हाउसका अधिकारीहरूले यसअघि राष्ट्रपति बाइडेन एउटा कार्यक्रमका लागि वार्सा पुग्ने बताएका थिए।

निर्धारित योजनाभन्दा पहिला नै पोल्यान्ड पुगेका बाइडेन रेल चढेर किभ गएका हुन्।

गत वर्ष फेब्रुअरी २६ मा रूसले युक्रेनमाथि तीनतिरबाट हमला गरेको थियो। जारी युद्धमा अहिलेसम्म दुबैतर्फका हजारौं सैनिकले ज्यान गुमाएका छन्।

अमेरिका, बेलायत लगायत पश्चिमा र नेटो राष्ट्रहरूले यो युद्धमा युक्रेनलाई सैन्य तालिम र सामग्री दिएर सहयोग गरिरहेका छन्। केही समयअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको भ्रमण गरेका थिए।

बाइडेनको युक्रेन भ्रमणबारे विस्तृतमा केही खुलाइएको छैन।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु
अन्तराष्ट्रिय

शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु

भदौ ५, २०८३
मोदीको भिडियो हटाएको विवादमा झुके जुकरबर्ग, मागे माफी
अन्तराष्ट्रिय

मोदीको भिडियो हटाएको विवादमा झुके जुकरबर्ग, मागे माफी

साउन २०, २०८३
लिपुलेक मुद्दामा भारतको प्रतिक्रिया– नेपालको दाबी आधारहीन
अन्तराष्ट्रिय

लिपुलेक मुद्दामा भारतको प्रतिक्रिया– नेपालको दाबी आधारहीन

बैशाख २१, २०८३
उत्तराखण्डमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता
अन्तराष्ट्रिय

उत्तराखण्डमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

भदौ १८, २०८२
१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा
अन्तराष्ट्रिय

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

बैशाख १९, २०८२
भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो
अन्तराष्ट्रिय

भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो

बैशाख १९, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग