डडेल्धुरा: डडेल्धुरामा कांग्रेसको विजयी यात्रा भंग हुने देखिएको छ । डडेल्धुरामा कांग्रेसले अहिलेसम्मका सबै चुनाव जितेको थियो । २०४८ सालयताका सबै चुनावमा शेरबहादुर देउवा विजयी भएका थिए ।
तर यससपटक देउवाले चुनाव नलड्दा कांग्रेसले डडेल्धुराको सिट पनि गुमाउने पक्का पक्कि देखिएको छ ।
अहिलेसम्मको परिणाम अनुसार रास्वपाका उम्मेदवार तारा प्रसाद जोशी १५,५२० मतका साथ अगाडि छन् । कांग्रेसका नैन सिंह महरले ९,९९६ मत पाएका छन् ।
नेकपाका मानसिंह मालले ६,५०६ मत पाएका छन् । एमालेका चक्र प्रसाद स्नेहीले २६१२ मत पाएका छन् ।
रास्वपाका उमेदवार जोशि ५,५२४ मतान्तर सहित अग्र स्थानमा रहेका छन् ।
यो समाचार तयार परिसके पछिको नयाँ मत परिणाम
डडेल्धुरा अपडेट : परशुराम, आलिताल, भागेश्वर, नवदुर्गा, अजयमेरु , गन्यापधुरा र अमरगढी ११ र १ काे ३९,१४५ गणनामा
डा. ताराप्रसाद जोशी (रास्वपा)- १५,९४२
नैनसिंह महर (काँग्रेस)- १०,२८३
मानसिंह माल (नेकपा)-६,५२१
चक्रप्रसाद स्नेही (एमाले)-२,६६१
बदर- २,१७७
मतान्तर ५,६५९










