धनगढी – नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद सुदूरपश्चिममा खुला रूपमा सतहमा आएको छ। देउवा पक्ष असन्तुष्ट बनेपछि तय गरिएको आमसभा अन्तिम समयमा स्थगित गरिएको हो।
सभापति गगन थापा लगायतका केन्द्रीय नेताहरू आउने तयारी थियो। तर शेरबहादुर देउवा बिना कार्यक्रम नगर्ने सन्देश प्रदेश नेतृत्वबाट आएपछि कार्यक्रम रोकिएको स्रोतको दाबी छ।
प्रदेश र जिल्ला तहका नेताहरूले देउवालाई पाखा लगाएर गरिने गतिविधिले पार्टीभित्र थप विभाजन देखिने चेतावनी दिएका थिए। त्यसपछि अन्तिम समयमा सभा स्थगित गरिएको हो।
देउवा निकट नेताहरूको असन्तुष्टि र नयाँ नेतृत्वको रणनीतिबीच बढ्दो दूरीले सुदूरपश्चिममा कांग्रेसको चुनावी अभियानमै असर पर्ने संकेत देखिएको छ।










