डडेल्धुरा: नेपाली कांग्रेस अमरगढी नगर कार्यसमितिकी सचिव देवकी भट्टले पार्टी परित्यागको घोषणा गरेछन्। न्। भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो समयदेखि आफू आबद्ध रहँदै आएको कांग्रेसको साधारण सदस्यता तथा नगर सचिव पदसमेतबाट अलग हुने निर्णय गरेकी जानकारी दिएकी हुन्।
सुदूरपश्चिमका अग्रज नेता तथा पार्टीका धरोहर व्यक्तित्व शेर बहादुर देउवाप्रति गरिएको व्यवहारले आफूलाई थप मर्माहत बनाएको उनले उल्लेख गरेकी छन्।
उनको राजीनामा आजैका मितिबाट लागू हुने जनाइएको छ। चुनावको मुखैमा उनले राजीनामा दिएपछि कांग्रेसलाई ठूलो झट्का लागेको छ।
नेपाली कांग्रेस डडेल्धुराबाट नैनसिंह महर उम्मेदवार छन्। महरले देउवाबाट चिट गरेर टिकट ल्याएको आरोप लगिरहेको छ ।
डडेल्धुरा कार्यकर्ताको सामु भने आफुलाई देउवाले पठाएको र उहाँको उत्तराधिकारी रहेको महरले बताउदै आएका छन् ।
यस्तो छ स्ट्याटस :











