• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

नेकपा आलितालले पनि मनायो जनयुद्ध दिवस

सुदूर लाइभ ✍️ सुदूर लाइभ
फाल्गुन १, २०८२
0
नेकपा आलितालले पनि मनायो जनयुद्ध दिवस
विज्ञापन

डडेल्धुरा: नेपाली कम्युनिष्ट पार्टी आलिताल गाउँ कमिटीले ३१औँ जनयुद्ध दिवस श्रद्धापूर्वक मनाएको छ। शुक्रबार आयोजित कार्यक्रममा जनयुद्धका शहीदहरूको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरसिंह पार्की, गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल बोहरा ‘मन्जु’, नेकपा आलिताल गाउँ कमिटी अध्यक्ष छबिलाल थापा, नेता अमर बोगटी ‘सुशील’लगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्ने नेताहरूले जनयुद्धका शहीदहरूले देखाएको मार्गदर्शन र बलिदानलाई स्मरण गर्दै सामाजिक न्याय, समावेशी विकास र जनअधिकारको पक्षमा प्रतिबद्धता दोहोर्‍याएका थिए। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वि.सं. २०५२ फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौतासँगै औपचारिक रूपमा शान्ति प्रक्रियामा रूपान्तरण भएको थियो। दशकौँ लामो सशस्त्र द्वन्द्वपछि भएको उक्त सम्झौताले मुलुकलाई नयाँ राजनीतिक अध्यायतर्फ अग्रसर गराएको मानिन्छ।

विज्ञापन

त्यही जनयुद्धको जगमा नेपालमा व्यापक राजनीतिक परिवर्तन सम्भव भएको विश्लेषण गरिन्छ। गणतन्त्र स्थापना, संघीय शासन प्रणालीको कार्यान्वयन, समावेशी लोकतन्त्रको अभ्यास तथा सामाजिक न्यायका एजेन्डाहरू जनयुद्ध र त्यसपछिका जनआन्दोलनहरूको बलमा संस्थागत भएको ठानिन्छ। जनयुद्ध दिवसका अवसरमा यिनै ऐतिहासिक उपलब्धिहरूलाई स्मरण गर्दै शहीदहरूको योगदानको कदर गर्ने गरिन्छ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते
सुदूरपश्चिम

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

कार्तिक ५, २०८३
सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस
सुदूरपश्चिम

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

कार्तिक ४, २०८३
दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
सुदूरपश्चिम

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कार्तिक ३, २०८३
क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल
सुदूरपश्चिम

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

कार्तिक ३, २०८३
भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ
फ्ल्यास

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

कार्तिक २, २०८३
चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी
सुदूरपश्चिम

चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी

अशोज २९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग