• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

कुकुरलाई जोगाउन खोज्दा अष्ट्रेलिया उड्न लागेका श्रीमानको मृत्यु, श्रीमती घाइते

सुदूर लाइभ ✍️ सुदूर लाइभ
पुस २१, २०८१
0
कुकुरलाई जोगाउन खोज्दा अष्ट्रेलिया उड्न लागेका श्रीमानको मृत्यु, श्रीमती घाइते
विज्ञापन
 काठमाडौं । १५ पुसको साँझ ७ बजेर १० मिनेट जाँदै गर्दा भक्तपुरको मध्यपुरठिमी नगरपालिका-२ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट मगरगाउँतर्फ एक स्कुटर जाँदै थियो ।

बागमती प्रदेश ०२-०२८ प ६६१० नम्बरको उक्त स्कुटरका चालक थिए ३१ वर्षीय निश्चल प्रकाश राज भण्डारी । स्कुटरकै पछाडि थिइन् उनकी श्रीमती २८ वर्षीया पूजा श्रेष्ठ । भक्तपुर सानोठिमी धुन्चेपाखा बस्ने उनीहरु घरतर्फ जादै थिए । आफ्नै सुरमा स्कुटर चलाउँदै गरेका निश्चलको अगाडि अकस्मात एउटा कुकुर ठोक्किन आइपुग्यो । कुकुरलाई जोगाउन खोज्दा उनको स्कुटर अनियन्त्रीत भयो ।

बाटो क्रस गर्न लागेको कुकुरलाई जोगाउन खोज्दा निश्चलको स्कुटर अनियन्त्रित भएर दुर्घटना भयो । दुर्घटनामा श्रीमान निश्चलका साथै उनकी श्रीमती पूजा पनि घाइते भइन् ।

तत्कालै प्रहरीले उद्दार गरेर भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका लागि पठाएको थियो । तीन दिनसम्म उक्त अस्पतालमा उपचार भयो ।

तर, त्यहाँ उपचार सम्भव हुन नदेखेपछि १८ पुस दिउँसो २ बजे निश्चल र उनकी श्रीमती पूजालाई थापाथलीस्थित नर्भिक अस्पताल पठाइएको थियो । दुवै दम्पतीको एक दिनसम्म नर्भीक अस्पतालमा उपचार भयो । तर, १९ पुसको साँझ साढे ७ बजे चिकित्सकले श्रीमान् निश्चललाई मृत घोषणा गरे ।

स्कुटरकै पछाडि सवार उनकी श्रीमतीको भने अहिले पनि नर्भीक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनमा परेको स्कुटर प्रहरी प्रभाग सानोठिमीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान गर्दा पूजाले प्रहरीलाई दुर्घटनाको कारण खुलाएकी थिइन् । पूजाको भनाइलाई उद्धृत गर्दै जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) ढुण्डिराज नेउपाने भन्छन्, ‘उहाँहरु आफ्नै सुरमा स्कुटर चलाइराख्नु भएको रहेछ । कसैले ठक्कर दिएको पनि होइन रैछ । कुकुरलाई जोगाउन खोज्दा दुर्घटनामा परेको देखिएयो ।’

मृतक र घाइते झापाको भद्रपुर नगरपालिकाको उपमेयर चन्द्रा श्रेष्ठका छोराबुहरी रहेको खुलेको छ । उनको परिवारले बताए अनुसार उनीहरु दुवै जना अष्ट्रेलिया उड्ने तयारीमा थिए । अष्ट्रेलिया जान भनेर झापाबाट बिदाबारी भएर उनीहरु काठमाडौं आएका थिए । तर कुकुरका कारण निश्चलको अष्ट्रेलिया उड्ने सपना पूरा हुन पाएन । पूजाको चाहिा खुट्टामा चोट छ । उनको उपचार जारी भएको डीएसपी नेउपानेले बताए ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते
देश/राष्ट्रिय

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते

अशोज १७, २०८३
त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु
देश/राष्ट्रिय

त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु

अशोज ६, २०८३
रसुवा बाढीः डडेल्धुराका १७ जना अझै बेपत्ता, ६ जना आए सम्पर्कमा
देश/राष्ट्रिय

बाढीमा ज्यान गुमाएको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

भदौ २२, २०८३
इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ
देश/राष्ट्रिय

इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ

भदौ २१, २०८३
बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
देश/राष्ट्रिय

बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

भदौ १४, २०८३
बाल यौन दुर्व्यवहार गरेको आरोपमा आलितालबाट २६ बर्षिया युवक पक्राउ
देश/राष्ट्रिय

‘जेनजी’ आन्दोलनमा फरार २१ बर्षिया कैदी ६१ वर्षीया महिलालाई बलात्कार आरोपमा पक्राउ

भदौ ९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग