• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

भुर्ण पहिचान गरेर असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो

सुदूर लाइभ ✍️ सुदूर लाइभ
पुस १७, २०८१
0
भुर्ण पहिचान गरेर असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो
विज्ञापन

वीरगञ्ज : पर्सा जिल्लामा गर्भपतनका औषधि खुल्लमखुला बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती थपिएको छ।

विज्ञापन

सीमावर्ती शहर रक्सौलसँग जोडिएकाले गर्भपतनका औषधि छ्यापछ्यापी पाइने हुनाले पनि नियन्त्रण गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्।

नारायणी अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुरेन्द्रप्रसाद चौधरीले सीमावर्ती शहरसँग जोडिएकाले पनि असुरक्षित गर्भपतनका गतिविधिलाई नियन्त्रण गर्न जटिलता थपिँदै गइरहेको बताए।

“गर्भपतन गराउने औषधि बेचबिखन र खरिद गर्ने दुवैलाई अनुगमनको दायरामा ल्याउन जरुरी भइसकेको छ”, उनले भने, “अनुमतिप्राप्त स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउन जरुरी हुन्छ। सो हुनसकेको खण्डमा मात्र यसको प्रभावकारिता बढ्ने थियो।”

उनले सामाजिक कारणले गर्दा पनि समाजमा लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने प्रवृत्ति बढिरहेको गुनासो गरे।

स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले गर्भपतनलाई परिवार नियोजनको अस्थायी साधनका रूपमा लिन नहुने बताए।

“भ्रूणको लिङ्गको पहिचान गरेर गर्भपतन गराउनु कानूनी अपराध हो”, उनले भने, “अनुमतिपत्र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले भ्रूणको लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने कार्यलाई निरुत्साहित गर्न जरुरी भइसकेको छ।”

असुरक्षित ढङ्गले गर्भपतन गराउनेको सङ्ख्या धेरै भए पनि स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या भने जिल्लामा निकै न्यून छ।

स्वास्थ्य कार्यालयका अनुसार आव ०८०।८१ मा २० वर्षमुनिका १२ हप्तासम्मको गर्भ रहेका महिलामध्ये ३१ जनाले मात्र औषधिमार्फत सुरक्षित गर्भपतन गराएका छन्। त्यसैगरी सोही उमेर समूहका १२ हप्तासम्मको गर्भ रहेका ९१ महिलाले सर्जिकलमार्फत गर्भपतन गराएका छन्।

आव ०८०।८१ मा २० वर्षमाथिका १२ हप्तामाथिको गर्भ रहेका महिलाले मेडिकल औषधिमार्फत ५३१ जनाले गर्भपतन गराएका छन्।

२० वर्षमाथिका १२ हप्ताभन्दा माथिको गर्भ रहेका ९७३ जनाले सर्जिकलमार्फत सुरक्षित गर्भपतन गराएका छन्।

नारायणी अस्पतालका नर्सिङ निरीक्षक हेमा थापाले असुरक्षित स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा जटिलता देखिएपछि मात्र ठूला सरकारी अस्पतालमा गर्भपतनको उपचार गराउन आउने अनुभव सुनाए।

“सुविधासम्पन्न सरकारी अस्पतालमा भरसक गर्भपतन गराउन आउनै चाहँदैनन्”, उनले भने, “गर्भपतन गराउँदा ठूलो खालको समस्या आएर ज्यानै जाने अवस्थामा पुगेपछि मात्रै आउने गरेका छन्। त्यसैले सरकारी स्वास्थ्य संस्थामा सुरक्षित र गोपनीयतालाई पनि ख्याल गरिने भएकाले ढुक्क भएर आउन अनुरोध  गर्छौँ।”

नर्सिङ निरीक्षक थापाले भ्रूणको लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने परिपाटी नरोक्ने हो भने आगामी २० वर्षपछि  बुहारी खोज्न दाइजो दिनुपर्ने प्रथा हुने आँकलन गरे।

“छोरा पाउनुपर्छ भन्ने गलत मानसिकताको कारणले पनि लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने प्रवृत्ति बढ्दो छ”, उनले भने, “यस्तो प्रवृत्ति मौलाएको खण्डमा समाजमा छोराको विवाह गर्नका लागि बुहारी खोज्न निकै ठूलो समस्या हुने देखिन्छ। त्यसतर्फ ध्यान दिन जरुरी भइसकेको छ।”

सामान्यतया गर्भ रहेको १४ हप्तापछि भ्रूणको लिङ्ग पहिचान गर्न सकिन्छ। १० हप्तासम्मको गर्भपतन अनुमति प्राप्त स्वास्थ्य संस्थाबाट औषधिको माध्यमबाट गर्न सकिन्छ भने १२ हप्तासम्मको गर्भपतन दक्ष स्वास्थ्यकर्मी तथा चिकित्सकमार्फत गर्नुपर्ने हुन्छ।

वीरगञ्ज महानगरपालिका स्वास्थ्य जनस्वास्थ्य प्रवर्द्धन शाखाकी अधिकृत इन्दिरा लोहनीले सरकारी स्वास्थ्य संस्थामा गोपनीयता कम हुने भन्दै थोरै सङ्ख्यामा मात्रै सुरक्षित गर्भपतन गराउन आउने बताइन्।

“विरामीले सरकारी स्वास्थ्य संस्थामा गोपनीयता कम हुन्छ भन्ने जुन भ्रमको कारणले आइरहनुभएको छैन। त्यसलाई चिर्न जरुरी भइसकेको छ”, उनले भने, “विरामीको गोपनीयतालाई हामीले उच्च ध्यान दिँदै आइराखेका छौँ।”

वीरगञ्ज महानगरभित्र सुरक्षित गर्भपतन गराउने निकायमा नारायणी अस्पताल, मेरी स्टोप्स, ओम हस्पिटल र बगही प्राथमिक स्वास्थ्य केन्द्र छन्।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते
देश/राष्ट्रिय

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते

अशोज १७, २०८३
त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु
देश/राष्ट्रिय

त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु

अशोज ६, २०८३
रसुवा बाढीः डडेल्धुराका १७ जना अझै बेपत्ता, ६ जना आए सम्पर्कमा
देश/राष्ट्रिय

बाढीमा ज्यान गुमाएको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

भदौ २२, २०८३
इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ
देश/राष्ट्रिय

इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ

भदौ २१, २०८३
बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
देश/राष्ट्रिय

बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

भदौ १४, २०८३
बाल यौन दुर्व्यवहार गरेको आरोपमा आलितालबाट २६ बर्षिया युवक पक्राउ
देश/राष्ट्रिय

‘जेनजी’ आन्दोलनमा फरार २१ बर्षिया कैदी ६१ वर्षीया महिलालाई बलात्कार आरोपमा पक्राउ

भदौ ९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग