• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

देशभर सहित आलितालका कर्मचारीद्वारा अनिश्चितकालीन ‘पेन डाउन’ घोषणा

सुदूर लाइभ ✍️ सुदूर लाइभ
अशोज १९, २०८०
0
देशभर सहित आलितालका कर्मचारीद्वारा अनिश्चितकालीन ‘पेन डाउन’ घोषणा
विज्ञापन

डडेल्धुरा : देशभर सहित डडेल्धुराको आलिताल गाँउपालिकाका कर्मचारीपनि आन्दोलित भएका छन् । स्थानिय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले असोज १९ गते देखी लागु हुने गरी आह्वन गरेको अनिश्चितकालीन ‘पेन’ डाउन कर्यक्रममा देशभरका ७५३ स्थानिय तहसहित आलिताल गाँउपालिकाका कर्मचारी पनि आन्दोलित बनेका हुन् ।

विज्ञापन

पालिकाका सबै कर्मचारीले हातमा कालो पट्टी समेत बाँधेर बिरोध जनाएका छन्। आज अत्यावश्यक सेवा बाहेक देशभरीका सबै स्थानिय तहमा कार्यालयले दिने सेवा बन्द रहेका छन् ।

मन्त्रिपरिषद्ले संसद्मा पेस गर्ने निर्णय गरेको संघीय निजामती सेवा ऐनको विधेयक एक महिना पुग्न लाग्दा अझै अघि बढेको छैन । २१ भदौको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्‌मा पेस गर्ने निर्णय गरेको थियो । तर, विधेयक अझै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै अल्झिएको छ ।

लामो विवाद र तयारीपछि संसद्मा पेस गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मन्त्रिपरिषद्ले अझै पनि प्रक्रिया टुंगो लगाउन सकेको छैन । जसकारण विधेयक संसद्मा पेस भएको छ । विधेयकको प्रक्रिया अघि नबढ्दा स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । तत्काल ऐन जारी गर्न माग गर्दै स्थानीय तहका कर्मचारीहरूले केन्द्रीय संघर्ष समिति नै गठन गरेर आन्दोलन थालेका छन् ।

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन नाम रहनुपर्ने, तीनै तहका सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, तीनवटै तहमा तहगत प्रणाली लागू गर्नुपर्नेलगायतका माग समितिका छन् ।

त्यस्तै, स्थानीय सेवामा कार्यरत कर्मचारीहरूलाई प्रदेशभित्र प्रदेशले र अन्तरप्रदेशमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्ने व्यवस्था गर्नुपर्नेदेखि स्थानीय तहमा समयोजन भएका कर्मचारीहरूलाई संघमा सरुवा हुन पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने तथा समायोजन भइसकेकाको हकमा एकपटकका लागि समायोजन पुनरावलोकन गर्नुपर्नेसम्मका माग समितिको छ । तीनै तहमा कर्मचारीको बढुवा प्रत्येक तीन वर्ष र तह वृद्धि पाँच–पाँच वर्षमा हुनुपर्ने तथा अवधि र योग्यता पुगेका कर्मचारीहरूका हकमा कम्तीमा ५० प्रतिशत पदमा स्थानीय सेवाबाट प्रदेश र संघमा, प्रदेशबाट संघ र स्थानीय तह र संघबाट प्रदेश र स्थानीय तहमा बढुवा हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने माग पनि समितिको छ । समायोजन भएका कर्मचारीहरूलाई एकपटकलाई बढुवा प्रक्रियाद्वारा संघीय निजामती सेवामा जान पाउने व्यवस्था सुनिश्चित गरिनुपर्ने मागपत्रमा उल्लेख छ ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरूका लागि प्रदेश र संघीय सेवाको पदमा ५० प्रतिशत संख्या निर्धारण गरी अन्तरतह प्रतियोगिताको माध्यमबाट तह परिवर्तनको अवसर प्रदान गर्ने व्यवस्था गर्नुपर्ने, स्थानीय तहमा कार्यरत बहालवाला कर्मचारीलाई संघीय निजामती कर्मचारीले पाउने सम्पूर्ण प्रकारका सेवा–सुविधा उपलब्ध गर्ने व्यवस्था गर्नुपर्ने र तीनै तहमा कार्यरत कर्मचारीको वृत्ति विकासको अवसर समान हुनुपर्ने माग पनि समितिको छ ।

संघीय निजामती सेवा ऐन जारी हुँदा अस्थायी तथा करार दरबन्दीमा कार्यरत रहेका र तोकिएबमोजिमको शैक्षिक योग्यता भएका कर्मचारीलाई एकपटकका लागि उमेरको हद नलाग्ने गरी लोकसेवा आयोगको सीमित आन्तरिक प्रतियोगिताको माध्यमबाट स्थायीको व्यवस्था गर्ने र उक्त प्रक्रियाबाट स्थायी हुन नसकेकालाई सेवा अवधिका आधारमा उपयुक्त सेवा–सुविधा प्रदान गरी अवकाश दिने व्यवस्था गर्नुपर्ने माग पनि समितिले सरकारसमक्ष राखेको छ ।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते
देश/राष्ट्रिय

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते

अशोज १७, २०८३
त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु
देश/राष्ट्रिय

त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु

अशोज ६, २०८३
रसुवा बाढीः डडेल्धुराका १७ जना अझै बेपत्ता, ६ जना आए सम्पर्कमा
देश/राष्ट्रिय

बाढीमा ज्यान गुमाएको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

भदौ २२, २०८३
इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ
देश/राष्ट्रिय

इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ

भदौ २१, २०८३
बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
देश/राष्ट्रिय

बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

भदौ १४, २०८३
बाल यौन दुर्व्यवहार गरेको आरोपमा आलितालबाट २६ बर्षिया युवक पक्राउ
देश/राष्ट्रिय

‘जेनजी’ आन्दोलनमा फरार २१ बर्षिया कैदी ६१ वर्षीया महिलालाई बलात्कार आरोपमा पक्राउ

भदौ ९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग